गौर,१० साउन ।
सिमा वारीपारीको तस्कर र भन्सार कार्यालयको कर्मचारीको मिलेमतोमा संगठित रुपमा तस्करी भईरहेको पोल खुलेको छ ।
सिमावर्ती क्षेत्रको चोरबाटोहरुबाट मालसामान भित्रयाउन निकै कडाई गरिएको र उक्त क्षेत्रमा अहिले बाढीको पानी जमेको हु“दा कालोकारोवारीहरु गौर भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरुको आन्तरिक सा“ठगा“ठमा सामानहरुको कम मूल्यांकन गरेर थोरै राजस्व तिर्न लगाई संगठित रुपमा तस्करी गराइरहेको पाइएको हो ।
गुप्ता बस्त्रालय समनपुरको नाममा ३ लाख ५० हजारको कपडालाई गौर भन्सार कार्यालयका कर्मचारीले १८ हजार मूल्यांकन गरी ३३ प्रतिशतबाट ६ हजार राजस्व लिई जा“चपास गरेर पठाइएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएका प्रहरी टोलीले गौरबाटै उक्त सामान नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त पोल खुलेको बताइएको छ । आर्थिक एनकानुन अनुसार २० हजार भन्दा माथिको सामानहरु भ्याटमा विल काट्नुपर्नेमा उक्त साढे तिन लाखको कपडालाई ३००९०१००९ नम्वरको प्यानमा विल काटिएको तर भन्सार कार्यालयले जा“चपास गरेको सामानहरुमा सुती साडी ३० थान, इन्वरोडी साडी १० थान, गम्छा ४९५ थान, लुंगी ५ थान र बेडसिट १० थान देखाएर १८ हजार मुल्याकन गरी ६ हजार राजस्व लिएर प्रज्ञापन पत्र काटिएको सामान प्रहरीले समातेर मुल्याकन गर्दा प्रज्ञापन पत्रमा उल्लेख भएका उक्त सामान नभई बहुमूल्य कपडाहरु साढे तिन लाखको भेटिएपछि भन्सार कार्यालयबाट संगठित रुपमा तस्करी भईरहेको जानकारी जिल्ला प्रहरी कार्यालय गौरका एक प्रहरी अधिकृतले दिए ।
गौर भन्सार कार्यालय अगाडी जडान भएको सिसि टिभी क्यामरालाई जानी जानी विगारेर भन्सार कर्मचारी राजस्व संकलन कम भएको बहाना देखाउदै आन्तरिक रुपमा तस्करी कार्यलाई संस्थागत बनाउदै गएको ति अधिकारीले गम्भीर आरोप लगाए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले गोप्य सुचनाको आधारमा विहिवार सा“झ तीन पोका कपडा गौरको फरनगुट्स एरियाबाट नियन्त्रणमा लिएपछि वैद्य सामानहरु हो भन्दै कालोकारोवारीहरु मालसामानहरु छुटाउन निकै प्रयास गगरेका थिए ।
तर तिन सामानहरुको अनुसन्धान गर्दै जा“दा साढे तिन लाखको कपडाको १८ हजार मुल्यांकन गरी ६ हजार राजस्व तिरेको प्रमाण भेटिदा भन्सारबाटै ठूलो चुहावट भएको पुष्टि भएको उनले बताए ।
बरामद भएको उक्त सामानलाई आवश्यक कारवाहीको लागि गौर भन्सार पठाइएको समेत उनले बताए । गौर भन्सार कार्यालयको अधिकृत आशितोष राईले प्रज्ञापन पत्रमा उल्लेख भएकै समानहरु हुनुपर्ने जिकिर गर्दै कम मूल्यांकन नगरिएको बताए । जा“चपास गर्ने अधिकारी आफूनै भएको बताउ“दै राईले घट्नाबारेमा बुझने बताए ।
उनले कुनै व्यापारी वा तस्करसंग सा“ठगा“ठ नरहेको बताए ।