अज्ञात समूहबाट वडा कार्यालयमा आगजनी, अध्यक्षको घरमा ढुङ्गामुढा

रौतहट, १५ साउन । चन्द्रपुर नगरपालिका वडा नम्बर ३ को कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ ।

विप्लव समूहको बन्दको पूर्वसन्ध्यामा रौतहटको एक वडा कार्यालयमा आगजनी भएको छ । आगजनीबाट कार्यालयका सम्पूर्ण कागजात जलेर खरानी भएको वडा अध्यक्षरवि देबकोटाले जानकारी दिए । कार्यालय भित्र रहेको कम्प्युटर, दराजलगायतको कागजात जलेर नष्ट भएको उनले बताए । देवकोटाको घरमा समेत गए राति नै अज्ञात समूहले ढुंगामुढा गरेको छ । ढुंगामुढाबाट देवकोटाको घरको झ्यालका सिसा फुटेका छन् ।

चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा गएराति १ बजे अज्ञात समूहले आगजनी गरेको हो । घटना बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले बताए । पुर्व पश्चिम राजमार्गमा फट्टफुट् सवारी साधन चलेका छन् भने दक्षिणी भेगमा बन्दको असर परेको छैन ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *