चन्द्रपुर,१८ साउन ।
रौतहटको चन्द्रपुर नगरपालिकाक वडा नं. ८ मोतिपुरमा घरेलु हिसा, झैझगडा,कुटपिट होहल्ला जस्ता अनैतिक कार्यहरु समाजमा बढ्न लागे पछि मोतिपुरका महिलाहरुको अगुवाहिमा गाउ“लाइ नै मदिरा मुक्त क्षेत्र बनाउन अभियान सुरु गरेका छन ।महिलाहरुको सक्रियतमा गाउ“लाइ नै मदिरा बेचबिखन र सेवन गर्न निषेध गराएका छन् ।
गाउ“मा कसैले मदिरा सेवन गर्न नपाउने ,मदिरा उत्पादन,ओसारपसार तथा बेच बिखन पुर्ण रुपमा बन्द गर्नु पर्ने महिला माथि दुरव्यवहार तथा दबाब गर्न नपाउने जस्ता नियमहरु लागु गर्न महिलाहरुले सघर्ष समित नै गठन गरेका छन् ।
गाउमा बसेर कसैले मदिरा उत्पादन तथा सेवन गरेमा होहल्ला तथा कसैलाइ असर पर्ने काम गरेमा सबै जना एकमत भइ कोहि कसैलाई छुट नदिइ पहिलो छोटि चेतावनि दिने र पुन मनोमानी गरेमा जरीवाना हुने महिलाहरुको निर्णय भएको स्थानिय सरोज बछरले जानकारी दिए ।
घरेलु मदिरा उत्पादन गर्न वा सेवन गर्न नदिन प्रहरी पनि निरन्तर लागि रहेको छ ।
इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रहरी प्रमुख कवित कटवाल ले पनि घरेलु मदिरा बेच बिखन गर्न नदिने र गरेको पईएमा कार्वाही समेत गर्ने बताए ।
मोतिपुरमा महिलाहरुले सुरुवात गरेको अभियानमा प्रहरी पनि एकबद्धता भएर सहयोग र साथ दिने बताए । प्रहरीले पहिला देखीनै मदिरा उत्पादन गर्न र बिक्रि बितरण गर्न निषेध लगाउदै आएका छन ।