वीरगंजमा पहिलो आईसिटी सेमिनार सम्पन्न

आईटीले भ्रटाचार न्युनिकरण गर्दै /मेयर सरावगी

वीरगञ्ज/कम्प्युटर एशोसिएशन नेपाल महासंघ पर्साको आयोजनामा प्रदेश स्थरिय आईटी सेमिनार सम्पन्न भएको छ । आईएमई पेको सहोयोगमा क्यान फेडेरेसन पर्साले वित्तिय समावेशीकरणमा जोड दिने उद्येश्यका साथ् वीरगंजस्थित भिस्वा होटेलमा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले आजको युगमा समग्र विकासका लागि आईटीले ठुलो भूमिका खेलिरहेको कुरामा जोड दिएका थिए । दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै मेयर सरावगीले आईटीको सहयोगले आज विश्व आफ्नै हाथमा रहेको अनुभूति भईरहेको बताए । उनले आईटी तथा प्रविधिले आज शिक्षा देखि सरकारी कामकाज समेतमा उल्लेखनिय सहयोग गरेको बताए ।

‘आईटीले नेपालमा विकासको बाधकको रुपमा देखिएको भ्रष्टाचारलाई न्यूनीकरण गर्न ठुलो भूमिका खेलिरहेको छ, ’मेयर सरावगीले भने, ‘नेपाल सरकारले अहिले सानो देखि ठुलो कार्य समेतमा आईटीको प्रयोग गरिरहेकोले यो सम्भव भएको छ ।’ उनले क्यान फेडेरेसनले गरिरहेको कार्यको प्रसंशा गर्दै वीरगंज महानगरपालिका फेडेरेसन संग समन्वय गरी यस क्षेत्रमा थप यस्ता कार्यक्रमहरु आयोजना गर्न प्रतिबद्धता समेत व्यक्त गरे । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता रहबर अन्सारीले आईटीले समाज रुपान्तरणमा ठुलो क्रान्ति गरेको बताए । उनले आईटीले विश्वभरिको सूचना आफ्नै हातमा पाउन सक्ने सेवा उपलब्ध गराएको भने । नेता रहबरले नेपालमा अहिले पनि आईटीको पूर्ण रुपले प्रयोग नभईरहेकोले यसलाई हात–हातमा पु¥याउन सरकारले विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।
कार्यक्रमका प्रशिक्षक क्यान फेडेरेसनका कार्यकारी सदस्य विक्रम श्रेष्ठले वित्तिय समावेशीकरणमा आईटीको महत्वा बारे प्रतुतिकरण गरेका थिए । उनले आईटीको सहयोगले समाजमा रहेको विभेद र असमावेशीकरण अन्त्य गर्न सकिने बताएका थिए । त्यसैगरी अर्का प्रशिक्षक आईएमई पेका ट्रेनर माधव कटवालले डिजिटल वित्तिय सेवाहरु र नेपाल सरकारको नीति तथा नियमहरुका बारेमा जानकारी गराएका थिए ।

क्यान फेडेरेसन पर्साका अध्यक्ष आलोक चौरसियाले क्यान फेडेरेसनले सरकार डिजिटल नेपाल बनाउने सपनामा टेवा पु¥याउन ठुलो सहयोग गरिरहेको बताए । उनले नेपाललाई डिजिटल रुपले अगाडी बढाउन क्यानको लक्ष्यलाई सफल पार्न तिनै तहको सरकारबाट सहयोगको अपेक्षा रहेको भने । चौरसियाले क्यान पर्साले वीरगंजमा पहिलो पटक आईटी मेला गराउने देखि आईसीटी सेमिनार गराएर प्रदेश २ मै एउटा छुट्टै उदाहरण प्रस्तुत गरेको बताए ।

कार्यक्रममा क्यान फेडेरेसनका केन्द्रिय अध्यक्ष हेमन्त चौरसिया, भारतिय महावाणिज्य दुतावासका डा. कोत्रास्वामी एम, राष्ट्रिय गाउ“पालिका संघ प्रदेश २ का अध्यक्ष तथा पर्साको पकाहा मैनपुर गाउ“पालिकाका अध्यक्ष विजय चौरसिया, क्यान फेडेरसनका महासचिव रन्जीत पोदार, उद्योग वाणिज्य संघका केन्द्रिय कार्यक्रारी सदस्य पंकज जलान, क्यान फेडेरेसनका केन्द्रिय कार्यकारी सदस्य भुपाल श्रेष्ठ, दिपेन्द्र राज सिंह, क्यान फेडेरेसनका प्रदेश २ अध्यक्ष बालकृष्ण श्रेष्ठ, प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साह, स्थानिय तथाका जनप्रतिनिधि, क्यान पर्साका सदस्यलगयातको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण क्यान फेडेरेसनका प्रदेश सचिव सरोज बाबु न्यौपानेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles