सर्लाही,२० साउन ।
नेपाली कागे्रसका महामन्त्री डा. शशाङक कोइरालाले पार्टी संगठन अहिले राम्रो ढंगले चल्न नसकेको बताएका छन् । पार्टीमा गुटउपगुट र विभिन्न किसिमका नराम्रा पक्षहरु रहेका महामन्त्री कोइरालाले बताए । आइतवार दिउसो सर्लाहीको लालबन्दीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै काँगे्रस महामन्त्री कोइरालाले आगामी दिनमा का“गे्रसलाई पहिलो पार्टी बनाउन संगठनलाई सुधार गर्न जरुरी रहेको बताए ।
पार्टीको गढ मानिने प्रदेश २ मै अहिले का“गे्रसको दुर्दशा रहेको भन्दै महामन्त्री कोइरालाले गुटउपगुटले का“गे्रसलाई सबैतिर ध्वस्त गराएको तर्क गर्नुभयो । प्रदेश २ काँगे्रसको गढ भनिन्थ्यो, आज यस्तो दुर्दशा छ, कारण कस्को ? हाम्रै कारण हो, कोइरालाले भन्नुभयो, यहा पनि गुट र उपगुटले पार्टीलाई ध्वस्त गराएको छ ।
अब एउटाले अर्कालाई दोष लगाउने भन्दा पनि पार्टीलाई बलियो बनाउन सामूहिक रुपमा लाग्नुपर्नेमा काँगे्रस महामन्त्री कोइरालाको जोड छ । केन्द्रमा त प्रदेश २ उपसभापति विमलेन्द्र निधीलाई जिम्मा लगाइदिएको भन्छन्, यो कुरा सुन्दा तपाईहरुलाई पनि राम्रो लाग्दैन्, महामन्त्री कोइरालाले भने । कुनै एउटा व्यक्तिलाई जिम्मा लगाएर पार्टी चल्दैन् । अब सामूहिक किसिमले अघि बढेर यो प्रदेशमा का“गे्रसलाई कसरी बलियो बनाउने भन्ने कुरामा केन्द्रित हुनुपर्ने उहा“को भनाई छ ।
कोइरालाले आफू आगामी महाधिवेशनपछि पार्टी भित्रका सबै किसिमका गुटउपगुट अन्त्य गरी पहिलो पार्टी बनाउन लाग्ने उद्घोष गरे । अबको डेढदेखि दुई वर्षमा पार्टीको महाधिवेशन हुने उल्लेख गर्दै त्यसको एक वर्षपछि हुने स्थानीय निर्वाचनमा पार्टीलाई पहिलो बनाउन शशक्त किसिमले अघि बढ्नुपर्ने कोइरालाको भनाई छ ।
का“गे्रस लालबन्दी नगर सभापति प्रशान्त आचार्यको सभापतित्वमा आयोजित कार्यक्रममा पूर्वमन्त्री द्वोय सञ्जय गौतम र शम्भुलाल श्रेष्ठ, पार्टी जिल्ला सभापति नागेन्द्र राय, पूर्व जिल्ला सभापति लक्ष्मण रायलगायतको उपस्थिति थियो । महामन्त्री कोइरालाकै प्रमुख आतिथ्यतामा आइतवार बिहान सदरमुकाम मलंगवामा पनि अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको थियो ।