रौतहट र सर्लाहीमा हात्ती आतंक

चन्द्रपुर,०२ भदौ ।
रौतहटको चन्द्रपुर नगरपालिकामा जंगली हात्तीले एक घर भत्काईदिएको छ । शनिबार राती १२ बजेको समयमा चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मरधर गैरी टोलका वीर बहादुर वाईवाको घर भत्काएको हो ।
२ वटा हात्तिले रातीको समयमा वाईवाको काठको घर भत्काउनुका साथै अन्नपात समेत खाएर नष्ट पारेको पिडित परीवारले जनाएको छ ।
हात्तीले २ लाख बराबरको धनमाल नष्ट गरिदिएको पीडित वाईवाले बताए ।
एकघण्टा सम्म घर भत्काएर हात्ति सोही स्थानमा बसेपछि गा“उलेले रा“को बालेर होहल्ला गरेपछी हात्ती त्यहा“ बाट भगेका थियो । घर अगाडीबाट हात्तिले आक्रमण गर्न थालेपछि वाईवा परिवारका सबै सदस्य घर पछाडीबाट भागेर बाच्न सफल भएका थिए । यता सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिकाको विभिन्न बस्तीमा हात्तीले आतंक मच्चाइरहेको छ ।
दुईवटा जंली हात्तीले शुक्रवार मध्यरातमा हरिवन नगरपालिका–४, गणेश चोकमा चारवटा घरमा क्षति पु¥याएको छ । हात्तीले स्थानीय गोपी पण्डित, मस्तखिम लहेरी, फिरोज मिकरानी र खुर्सेद अन्सारीको घरका बेराघेरा भत्काएर घरभित्र राखिएको अन्न नष्ट गरेको हो ।
अचानक बस्तीमा हात्ती देखा परेपछि स्थानीयवासी त्रसित भएका छन् । हात्तीले शुक्रवार विहान पनि लालबन्दी नगरपालिका–१, नवलपुरमा एउटा घर भत्काएको थियो ।
हात्तीले घरमा क्षति पु¥याएपछि ज्याला मजदुरी गरेर गुजारा टार्ने परिवार विचल्लीमा परेका हरिवन नगरपालिका–४, का वडा सदस्य नागेन्द्र गिरीले जानकारी दिए ।
सर्लाहीमा महिनौं अघिदेखि देखा परेको जंगली हात्तीले आतंक मच्चाउ“दा लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकाको जंगल छेउछाउ घर भएका स्थानीयवासी त्रसित भएका छन् ।
यसरी निरन्तर आतंक मच्चाइरहेको हात्तीलाई नियन्त्रणमा लिन केही साताअघि रेडियो कलर समेत जडान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles