प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साह द्वारा पदबाट राजीनामा

रौतहट। नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिनुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका साहले स्थायी कमिटीमा आफ्नो नाम नपरेपछि राजीनामा दिएको हुन सक्ने  अनुमान गरिएकाे  छ ।

पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउने काममा उहाँ पछिल्लो समय मौन रहनुभएको थियो । स्थायी कमिटीका प्रबल दावेदार मानिएका साहले नेकपाका अध्यक्ष प्रचण्डलाई भेटेर राजीनामा पेश गर्नुभएको हाे ।

प्रदेश अध्यक्षको जिम्मेवारी पाइसकेपश्चात पनि उहाँलाई भूमिकाविहीन बनाइएको थियो । केन्द्रले प्रदेश कमिटी सदस्यहरुको चयनदेखि जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीलाई अप्ठ्यारो पार्ने काम भएकाे साहको बुझाइ छ ।

प्रदेश सदस्यको चयन गर्दासमेत अध्यक्ष साहसँग सल्लाह नगरी पार्टी सदस्य नभएकालाई समेत प्रदेश सदस्य बनाइएपछि साह असन्तुष्ट रहेकाे स्रोतले बतायो । पार्टीको माथिल्लो निकायको गलत निर्णय र निर्देशनका कारण काम गर्ने वातावरण नभएको साहको बुझाइ छ । प्रदेश अध्यक्षको रुपमा आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग र चौतर्फी घेराबन्दी भएका कारण पदबाट राजीनामा दिएको शाहले बताउनुभएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles