रासायनीक मलमा कालोबजारी,बर्षेनी ठगिदै किसान

चन्द्रपुर,८ भदौ । रौतहटका किसानहरुले रासायनिक मल सहज रुपमा नपाएको बताएका छन् । नियमनकारी निकायको लापरवाहीका कारण जिल्लाका किसान रासायनिक मल खरीद गर्दा ठगिन बाध्य छन् । नियमनकारी निकायको अनुगमनको अभाव र स्थानीय निकायले ध्यान नदिएकै कारण जिल्लाका किसानहरु मलखाद खरीद गर्दा ठगिन बाध्य भएका हुन् ।
कहि मल किन्नै नपाईने त कहि बढी मुल्य तिनुपर्ने किसानको मियती बन्दै जान थालेको छ । जिल्लाको १६ नगरपालिका र दुई गाँउपालिका गरी १८ स्थानीयतहमा अनुदानको मलखादमा कालोबजारी भइरहेको किसानहरुको गुनासो छ ।
सस्तो र सुलभ तरिकाले मलखाद प्राप्त होस् भन्ने उद्देस्यका साथ सरकारले साल्ट ट्रेडिङ वीरगंज र कृषी सामग्री संस्थान चन्द्रनिगाहपुरलाई वितरणको जिम्मा दिएको भएपनि युरिया, कम्पलेक्स, पोटा“स, कृषी चुन लगायतका अनुदानको मल जिल्लाका अधिकांश सहकारी तथा पसलेले सरकारी दरमा खरिद गरी स्थानीय बजारमा ल्याएर बढी भाउमा बेच्दै कालोबजारी गर्ने गरेका कारण किसान मर्कामा पर्दै आएका छन् ।
साल्ट ट्रेडिङ वीरगञ्जका प्रमुख आमोद लामिछानेका अनुसार अनुुदानमा आएको प्रतिबोरा युरिया मलको सातसय ४०, डिएपीको प्रतिबोरा २१ सय ९०, पोटा“सको प्रतिबोरा १५ सय ९० र कृषिचुनको प्रतिबोरा तीनसय ७० रुपैया पर्दछ ।
सहकारी अथवा ब्यापारीले खरिद गरी ल्याएको सरकारी अनुदानको मलमा बढीमा पाँच प्रतिशत नाफा लिनुपर्ने ब्यवस्था रहेको प्रमुख लामिछानेले जानकारी दिएका छन् ।
तर, स्थानीय व्यापारीले निर्धा्रित मूल्य भन्दा प्रति बोरा युुरिया र डिएपीमा दुुइ देखि तिनसय रुपैया“ बढी लिएर बिक्री गरिरहेको चन्द्रपुर नगरपालिका ७ बिनोद अधिकारीले गुनासो गरे ।
सरकारी अनुदानमा सात सय ४० माम पाइए युरिया मल एकहजार देखि एकहजार ५० प्रतिबोरा र प्रतिबोरा २१ सय ९० पर्ने डिएपी प्रतिबोरा २५ सय देखि २५सय ५० सम्ममा बिक्री गरेर गर्ने गरिएको उनले बताए ।
यता प्रमुख लामिछानेले बढी दरमा मलखाद बिक्री गर्ने किसान उपर स्थानीयस्तर बाट निगरानी गरिनुपर्ने बताए । हरेक साल किसानले यस्तै दुख र ठगीनु परिरहेको भएपनि हालसम्म नयामनकारी निकायले त्यसतर्फ ध्यान नदिंदा किसान पीडित हुंदै आउनु परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles