फेसबुकमार्फत सीडीओलाई गर्ने एक युवक पक्राउ

पर्सा ८ भदौ । पर्साका प्रमुख जिल्ला अधिकारीलाई गाली गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका वडा नं ७ खजानी घर भएका २५ बर्षका सन्नीकुमार गुप्तालाई पक्राउ गरिएको हो । उनले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई सामाजिक सञ्जालमार्फ अपशब्द प्रयोग गरेकाले नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

उनलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg