गौर,०९ भदौ ।
सशस्त्र प्रहरी बल बीओपी लक्ष्मीपूर बेलबिछबाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक पशुपति खनालले आर्थिक वर्ष २०७५।०७६ मा २९ लाख भन्दा बढी राजश्व संकलन गर्न सफल भएका छन् ।
उनले १ वर्षको अवधिमा लक्ष्य भन्दा १२ गुणा बढी राजश्व संकलन गरेका हुन् ।
तत्कालीन छोटी भन्सारको रुपमा रहेको सो नाकाबाट हुने अवैध चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्तर्गत प्रहरी निरीक्षक खनालले २९ लाख १२ हजार ५ सय ७२ रुपैया मूल्य बरावरको तस्करी, चोरीको सामानहरु भन्सार कार्यालयमा बुझाएका हुन् । गएको आर्थिक वर्षमा २ लाख ५८ हजार बरावरको भन्सार दाखिला गरिएकोमा यस वर्ष २९,१२,५७२ रुपैया बरावरको सामान बुझाइएको सशस्त्र प्रहरी निरीक्षक खनालले बताएका छन् ।