नया बस्तीमा बाटो बन्द गरेर ‘नाटक’

चन्द्रपुर,८ भदौ ।
रौतहटको चन्द्रपुर नगरपालिका ७ स्थित नया“बस्ती गाउ“मा बाटोनै बन्द गरेर मेला तथा नाचको आयोजना गरिएको छ ।
शुक्रबार परेको कृष्ण जन्माष्टमीको अवसर भन्दै एक दिन पछि सनिबार लगाईएको मेला अनि मेलामा ल्याईएको नाच कार्यक्रममा मुल बाटो नै अबरुद्ध पारिएको थियो । चन्द्रपुर नगरपालिकाको लाखौं लागतमा बनेको चन्द्रपुर ७ को नया“बस्ती —बनबहुअरी सडक रातभर बन्द गरेर तमासा देखाइएको थियो । सोही स्थानमा बनबहुअरी प्रहरी चौकीका असई रामबाबु चौधरी लगायतका ५ जना प्रहरीनै बाटो बन्द गराउन सक्रिय रहेको एक यात्रुले जानकारी दिए । उनले मुल बाटोनै बन्द गराएर नाच देखाईनु गलत भएको बताए ।
मेलामा देखाईएको नाचमा बाटो छेकेर रातभर नाटक मञ्चन भईरह“दा समेत प्रहरीले कुनै चासो नदेखाएको सो बाटो भएर आवतजावत गर्ने रामप्रकाश चौधरीले बताए । कुनै आपत बिपत पर्दा एम्बुलेन्स समेत छिर्न नसक्ने गरि बाटो अबरुद्ध गराईनु गलत भएपनि स्वयम् प्रहरी र वडाध्यक्ष अनि स्थानीय राजनैतिक दलका नेता मौन बस्नु गलत भएको चौधरीले बताए ।
मेला लगाउनेहरुले नाच हेर्नैका लागी बाटोभरी लठी र भाटा बोकेका स्वयंमसेवक समेत परिचालन गरेका थिए । बाटो छेकेको बारे प्रहरी चौकीका ईन्चार्ज चौधरीलाई जिज्ञासा राख्दा स्थानीय अगुवाहरुकै सहमतिमा बाटो छेकेको जवाफ दिए । बाटो अबरुद्ध पारेर मेला लगाईनु अनि केही व्यक्तिको मनोरञ्जनका लागी सयौं यात्रुलाई दुख दिनु गलत कार्य भएको र बाटो खुलाउने काम गर्नुपर्ने प्रहरीनै बाटो बन्द गराउन लाग्नु आश्चर्य भएको चन्द्रपुर नगरपालिकाका कानुनी सल्लाहकार तथा अधिबक्ता विपीन गौतमको तर्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles