वर्षौंदेखि धमिलो पानी पिउन बाध्य

चन्द्रपुर,०९ भदौ ।
चन्द्रपुर नगरपालिका ६ लमाहाका १४ घरधुरी वर्षौंदेखि धमिलो पानी पिउन बाध्य छन ।
स्थानीयका अनुसार बस्तीनजिक खोल्साको डिल्लमा बनाइएको कुवामा बाढी र भेलको दूषित पानी सहजै मिसिन्छ । त्यही पानी उपभोग गर्नुपर्ने अवस्था छ । स्थानीय तहले वनक्षेत्रको बस्ती भन्दै कुनै विकास निर्माणको काम गरेको छैन । खुला स्थानमा रहेकाले पशुचौपायाले पनि त्यही पानी खाइरहेका हुन्छन ।
चन्द्रनिगाहपुर चोकबाट झन्डै ७ किलोमिटर पश्चिमतर्फ पूर्वपश्चिम राजमार्गस्थित लमाह जंगलबीचमा झुपडी नै झुपडीको सानो बस्ती छ ।
त्यहा १४ घरधुरी छन ।
ती सबै सुकुम्बासी हुन । उनीहरू दैनिक ज्यालादारी गर्न बाहिर जान्छन । सा“झ फर्कन्छन ।
भूमिगत पानीको व्यवस्था नभएकाले स्थानीयले बस्तीबाट झन्डै ५ सय मिटर दक्षिणतिर नदीछेउमा खाडल खनेर कुवा बनाएका छन ।
तीन दशकदेखि त्यही पानी पिउ“दै आएका छन ।
उनीहरूले ढिस्को छेउ बनाएका आधा दर्जन कुवा सबै बगिसकेका छनरु। अहिले खाल्डोमा जमेर बसेको धमिलो पानीले खाना पकाउने, नुहाउने, कपडा सफा गर्ने, शौच गर्ने लगायत दैनिकी पूरा गर्छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles