बाल संरक्षण भता नपाएको गुनासो

कटहरीया,१० भदौ ।
रौतहटको कटहरिया नगरपालिका १ भसेढवाटोल स्थित
बालपोषण दलित बाल संरक्षण भता न पाएको गुुनासो बढदै गएको छ ।
सरकारले मासिक चारसय रुपैयाका दरले जनही दिदैआएको उक्त भता वडा अध्यक्षको कमजोरीले नियमित पाउन न सकेको अभिभावकहरुले गुनासो गरेका छन ।
स्थानिय अभिभावक उपेन्द्र कुश्वाहाले कटहरिया १ भसेढवाका वडा अध्यक्ष राजकुमार साहले गतबर्ष भदौ महिनामा प्रथम चौमासिक प्रति महिना चारसयको दरले प्रत्येक बालबालिका लाई १६ सयको दरले बितरण गरेको बताए ।
सो पछी पटक पटक माग गर्दा न दिएको र एकबर्ष पछी मंगलबार एक चौमासिकको जनही १६ सयको दरले बालपोषण दलित बाल संरक्षण भता बाँडीरहेकाले आफुहरुले बहिस्कार गरेको अभिभावक कुश्वाहाले बताए ।
तिन चौमासिकको चारहजार आठसयको दरले प्रती बालबालिकाले उक्त भता पाउने ठाँउमा वडा अध्यक्ष राजकुमारले मात्र १६ सय बितरण गरेर जनतालाई झुक्याईरहेको उनीहरुको आरोप छ ।कुुश्वाहा संगै भसेढवाका अन्य धेरै अभिभावकले बालपोषण दलित बाल संरक्षण भता बहिसकार गरेका छन । वडा अध्यक्ष राजकुमार साहले गत चैत्र देखी असार सम्मको चार महिनाको उक्त भता बितरण गर्न लागीएको हो सो अघिको भता
बापतको रकम नगरपालिकाले न दिएकाले बितरण हुन नसकेको स्विकारेका छन । कटहरिया नगरप्रमुख सियाराम कुश्वाहाले गत बर्ष मन्त्रालयले चार वटा वडाको बालबालिकाले पाउने बालपोषण दलित बाल संरक्षण भताको रकम हालसम्म न पठाएको बताए ।
कटहरिया १,२,४,५ को बालपोषण बाल संरक्षण भताको रकम निकासाको लागी मन्त्रालयमा पटक पटक पत्राचार गरीरहेको र निकासा हुना साथ भता बापतको पछिलो बक्यौता रकम बितरण गरीने नगरप्रमुख कुश्वाहाले प्रतिवद्धता जनाएका छन । कटहरिया नगरपालिका अन्तरगतका चारवटा वडाको सैयौ बाल बालिका गर्तबर्ष देखी हालसम्म बालपोषण दलित बाल संरक्षण भता पाउन नसकेको गुनासो गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles