घर टहरा हटाउन सातदिनको म्याद

गुजरा,१० भदौ ।
गुजरा नगरपालिका अन्तरगत औरहीडिह देखी तरहारी पुलसम्म पक्की बाटो निर्माण हुने भएको छ ।
गुजरा नगरक्षेत्रमा अति पिछडिएको औरहीडिह देखी खतवहिया टोल हुँदै ज्योती डिस्टीलरीको छेउमा रहेको तरहारी खोलाको पुल
सक्क कालोपत्रे पक्की बाटो निर्माण हुन लागेको हो ।
शहरी विकास मन्त्रालयको शहन शहरी कार्यक्रम अन्तरगत कुल आठ करोडको लागतमा औरहीडिह देखी तरहारी पुलसम्म करीब साढे पा“च किलोमिटर कालोपत्रे बाटो निर्माण हुनलागेको ईन्जिनियर उतिमलाल दाशले बताएका छन ।
रमन,सगरमाथा,सगुन निर्माणसेवाले संयुुक्त रुपमा ठेक्का लिएको उक्त ११ मिटर चौडाई हुने र दुईबर्ष निर्माण अवधि रहेको ईन्जिनियर दाशले जानकारी दिएका छन ।
औरहीडिह देखी तरहारी खोला बिचमा खतवहिया टोल स्थित उक्त बाटोमा पर्ने सातवटा घर टहरा हटाउन गुजरा नगरपालिकाले एक हप्ताको समय दिएको छ ।
मंगलवार खतवहिया टोलमा बसेको सर्वपक्षिय बैठकले कालोपत्रे बाटो निर्माण हुनलागेको उक्त बाटोको छेउ छाउमा खतवहिया टोल स्थित पर्ने सातवटा घर टहरा एकहप्ता भित्र हटाउन घरधनीलाई जानकारी गराएको गुजरा नगरपालिकाले जनाएको छ । सर्वपक्षिय बैठकमा गुजरा नगरप्रमुख संतलाल चौधरी,वडा ६ खतवहियाका वडा अध्यक्ष शेख जाहगीर भन्ने शेख सकिल, बदरुदिन शेख,ईप्रका चन्द्रपुरका प्रहरी निरिक्षक राजन थापा, सशस्त्र बेश क्याम्प दुधियाभारका प्रमुख ओम ढकाल,प्रहरीचौकी रंगपुरका असई गजेन्द्र ठाकुर लगायत स्थानिय भद्रभलादमीहरुको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles