महोत्तरीको एक कुखुराको फर्ममा आगलागी

महोत्तरी १३ भदौ । महोत्तरीको गौशला नगरपालिका–६ फुल्काहामा रहेको एक कुखुराको फर्ममा शुक्रवार बिहान आगलागी भएको छ ।

आगलागीमा शैलेन्द्र कुमार यादवले सञ्चालन गरेको कुखुरा फर्ममा कुखुराको दाना, चल्ला र फर्म जलेर नष्ट हुँदा २ लाख ५० हजार बरावरको क्षति भएको छ ।

कुखुरा फर्ममा आगो लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आगलागीपछी इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ । आगो किन र कसरी लागेकोहो भन्ने बिषयमा अनुसन्धान भइरहेको छ । साभार रातोपाटी

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg