लाखौंको अबैध समान सहित ३ जना पक्राउ

गौर,१६ भदौ ।
रौतहटको सीमा क्षेत्रबाट प्रहरीले तीन जनालाई २३ लाख मूल्य बराबरको समानसहित पक्राउ गरेको छ ।
शनिबार सा“झ ईशनथ नगरपालिका–६ स्थित नेपाल–भारत सीमा दशगजाबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नम्बर नराखिएको टेष्ट लेखिएको जिकअप जिपमा भन्सार छली भारततर्फ लैजा“दै गरेको कालो मरिच १० बोरा हरियो, मटर ४७ बोरा, छोकडा तीन बोरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिए । उक्त कार्यक्रमा संलग्न ईशनाथ नगरपालिका–७ का वीरेन्द्र साह, भारत बिहारको मोतिहारी ग्राम पञ्चायत शिसवा–१५ का भगरित साह र पर्साको वीरगंज महानगरपालिका–१४ का आदित्य नारायण साहलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खत्रीले जानकारी दिए । तस्करीका लागि प्रयोग गरिएको भारतीय नम्बर प्लेट बिआर ५ एपी ४३३६ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ । बरामद समान गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles