उठ्दैन सुर्तीजन्य पदार्थको राजश्व

चन्द्रपुर,१६ भदौ ।
तराईका जिल्लामा अत्याधिक मात्रमा प्रयोग हुने सुर्तीजन्य बस्तुको आयातमा सरकारी राजस्व ठगि हुने गरेको छ ।
भारतमा उत्पादित सुर्तीजन्य बस्तुको आयातमा पसलेले भन्सार छलेर ल्याउने क्रम बढदै गएपछि सरकारी राजस्व ठगिँदै आएको हो ।रौतहटका विभिन्न स्थानमा रहेका पान पसलले दैनिक लाखौं रुपैँयाको कारोबार गर्ने भारतीय गुटखाको नेपाल सरकारले राजश्व पाँउने गरेको छैन् । रौतहटको सदरमुकाम गौरमा रहेको भन्सार कार्यालयकै अगाडिबाट भारतमा उत्पादन भएका सुर्तिजन्य पदार्थ नेपाल भित्राउदा भन्सार कार्यालय बाहिर रहेका कर्मचारीले थोरै रकम लिएर भन्सार नकाटी पठाईदिँदा बिना भन्सारका भारतीय बस्तु रौतहटमात्र नभएर देशका बिभिन्न स्थानमा पुग्ने गरेको छ ।
भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउने पराग, रजनीगन्धा, पान पराग, डबल मज्जा, पुकार लगाएतका भन्सार छलेर ल्याइएका समान रौतहटका बजारमा रहेका पान पसलमा खुल्लम खुल्ला विक्रि हुने गरेको छ । तराईका जिल्लामा अत्यधिक मात्रामा कारोबार हुने गुटखा क्यारियरले ( भन्सार सम्वन्धि माल ढुवानी गर्ने संगठित समूहलाई क्यारियर भन्ने गरिन्छ ) भन्सार नाका कटाउँदै पसल पसलमा पु¥याउने गरेको व्यापारीहरु बताउँछन् ।
रौतहटका प्रमुख व्यापारीक बजारहरु गौर, चन्द्रनिगाहपुर, गरुडा, कटहरीया, शिवनगर, समनपुर लगाएतका बजारमा रहेका पान पसलमा झुण्याएर राखिएने भारतमा उत्पादन भएको स्वास्थ्यमा असर पु¥याउने भन्सार छलेर ल्याईएका गुटखा पाईन्छ ।
भारतीय तथा नेपाली व्यापारी मार्फत रौतहटसंग सिमा जोडिएका विभिन्न खुल्ला नाका हुदै विना भन्सार सहजै नेपाल भित्रिने गुटखाको मात्र भन्सारले राजश्व असुल्न सक्ने हो भने दैनिक हजारौं रुपैँया सरकारको राजश्व उठने स्थानिय ब्यापारी दिनेश साह बताउछन् ।
२ रुपैयादेखि १० रुपैयासम्म खुद्रा मुल्य पर्ने गुटखा, रजनीगन्धा ,पान पराग, पराग ,डवलमजा जस्ता सामान गौर स्थित मुख्य भन्सारकै अगाडिबाट ल्याउदा कर्मचारीको हातमा १० देखी २० रुपैया हालिदिएपछी भन्सार काटनु नपर्ने र सहजै नेपाल भित्राउन सकिने गुटखाको कारोबारमा सम्वद्ध एक ब्यापारीले बताए ।
उनका अनुसार,रौतहटका विभिन्न नाका हुदै नेपाल भित्रिने भन्सार छलेका भारतीय सुर्तिजन्य पदार्थ रौतहटको सदरमुकाम गौरमा स्टोक गरि देशका विभिन्न स्थानमा समेत पु¥याउने गरिएको छ ।
भन्सार कार्यालय गौरका एक कर्मचारीका अनुसार, सुर्तिजन्य पदार्थ तथा गुटखाको भन्सार काटिने गरेको छैन् । सुर्ति जन्य पदार्थको कारोवारका लागी आन्तरीक राजश्व कार्यालयवाट लाईसेन्स लिएर कारोवार गर्नु पर्ने प्रावधान रहेपनि चालु आर्थिक वर्षमा गुटखा लागाएत सुर्ति जन्य पदार्थको एक पैसा राजश्व नउठेको गौर भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयमा एक पैसाको राजश्व नकाटिएको स्वयम भन्सार अधिकृतले बताएपनी भन्सार कार्यालय अगाडिनै रहेका दर्जनौ घुम्ति पान पसलमा हजारौ रुपैयाको गुटखा झुन्ड्याएर बेच्न राखिएको छ । एक्कीन तथ्याङ्क कसै संग नभएपनि भन्सार छलेर ल्याईएको भारतीय गुटखा रौतहटका बजारमा दैनिक डेडदेखी दुई लाख सम्म खपत हुने गरेको सम्बन्धीत व्यावसायीको भनाई छ ।
पान पसलमा झुण्ड्याएर राखिने कम पैसा पर्ने तर दैनिक ठुलो परिमाणमा विक्रि वितरण हुने सुर्तिजन्य पदार्थको आयतमा कडाई गर्ने हो भने सरकारको हजारौंको दैनिक राजश्व उठने नगर उद्योग वाणिज्य संघ चन्द्रनिगाहपुरका महासचिव सुनिल कुमार साह बताउछन् ।
भारतीय गुटखा तथा सुर्तिको ओसारपसारमा जिल्लामा एक गिरोह नै सक्रिय रहेको पान व्यापारीहरुको भनाई छ । सदरमुकाम गौरसंग सिमा जोडिएका भारतीय बजारबाट ६० किलोमिटर उत्तरका बजारमा समेत भारतीय व्यापारीले साईकलमा भन्सार छलेका सुर्तिजन्य पदार्थ पु¥याउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles