रवि लामिछानेविरुद्धको मानहानी मुद्दा खारेज

काठमाडौं १६ भदौ । टेलिभिजनकर्मी रवि लामिछानेविरुद्धको मानहानी मुद्दा खारेज भएको छ । निर्मला पन्त बलात्कार र हत्या प्रकरणको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा टेलिभिजनमार्फत लामिछानेले डीएसपी अंगुर जिसीसँग अन्तर्वार्ता लिएको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मानहानीको मुद्दा दायर भएको थियो । टेलिभिजनमा विचाराधीन मुद्दामा बोल्ने–बोलाउने कार्य भएको भन्दै दिलीप सिंह विष्टका दाइ खड्गसिंहले रवि र जिसीविरुद्ध मुद्दा दायर गरेका हुन् ।

खड्गसिंहले दिएको उजुरीमाथि सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले मुद्दा खारेज गरिदिएको हो ।

यसैबीच सोही अन्तर्वार्तालाई लिएर पत्रकार आचारसंहिता उल्लङ्घन गरेको भन्दै रवि लामिछानेविरुद्ध पत्रकार खेम भण्डारीले पनि साता पहिले प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन् । साभार रातोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles