मानबबेचबिखन तथा ओसारपसार बिरुद्ध मनाईयो १३ औ राष्ट्रिय दिबस

मंगलपुर। मानबबेचबिखन तथा ओसारपसार बिरुद्धको १३ औ राष्ट्रिय दिबस मनाइएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–१ मंगलपुरमा आज मानबबेचबिखन तथा ओसारपसार बिरुद्ध नारा लगाउ“दै ¥याली निकालेर १३ औ राष्ट्रिय दिबस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय र नगरपालिका सहितका सरोकारवाला निकायले आज यो दिबस मनाएका हुन । दिबस मनाउन चन्दपुर नगरपालिकाको वडानम्बर १ को कार्यालय बाट बाग्मती पुल सम्म ¥याली निकालिएको थियो । बिद्यार्थी, शिक्षक, सामाजिक अभियन्ता, प्रहरी सहित निकालिएको र¥यालीमा मानबेचबिखन अपराध हो,हामीलाई बेच्न पाईदैंन जस्ता बिभिन्न नारा लेखिएको प्लेकार्ड सहभागिले बोकेका थिए ।

¥याली पश्चात आयोजित कार्यक्रम लाई चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले सम्बोधन गरेका थिए । उनले मानब बेचबिखन नियन्त्रण र निरुत्साहित गर्न जनचेतना जगाउ“दै लैजानु पर्ने बताए । शिक्षा र स्वास्थ्यमा सबैको पहु“च पु¥याउन सके यसको रोकथाममा टेवा पुग्ने बिश्वास नगरप्रमुख चौधरीले व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले मानबबेचबिखन तथा ओसारपसार रोक्न सबैको साथ र सहयोगको खा“चो रहेको बताए । खुल्ला सिमानाका कारण बिभिन्न प्रलोभन बाट मानब बेचबिखन हुने गरेकोले त्यस्ता प्रलोभन के का लागि हो भन्ने छुटयाउन जरुरी रहेको थापाले बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख भुपेन्द्र बहादुर खत्री तथा अन्य सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles