नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको चरम लापर्बाही

वीरगंज २० भदौ । नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रले केही दिनदेखि चरम लापर्बाही गरेको कारण नगरवासी प्रचण्ड गर्मीबाट पीडित रहेका छन् ।

प्राधिकरणले विनाकारण पटकपटक लाइन काट्ने र निजी काममा पनि घण्टौंसम्म लाइन अवरुद्ध गर्ने गरेको देखिएको छ । बुधवार मेनरोडमा दिनभरि लाइन काटिएको थियो । इन्टरनेटको तारमा आगलागी हुँदा सोको मरम्मतको लागि विद्युत् प्राधिकरणले सर्वसाधारणलाई समस्यामा पारी दिनभरि विद्युत् अवरुद्ध गरेको थियो ।

नयाँ कार्यालय प्रमुख आएपछि कर्मचारीहरूले विगतमा हुन नसकेका काम धमाधम गर्ने गरेका छन् । आर्थिक प्रलोभनमा परी कर्मचारीहरूले निजी जग्गामा कलकारखानाहरूको पोल सार्ने, क्षमता वृद्धि गर्ने, ट्रान्सफर्मर जडान गर्ने कार्य शुरू गरेका छन् ।

विगतका कार्यालय प्रमुखले सर्वसाधारणलाई मर्कामा नपर्ने गरी कामलाई प्राथमिकताका साथ गर्ने गर्दथे तर अहिले आर्थिक लाभको लागि विद्युतका कर्मचारीहरूले नियमविपरीतका कामहरू शुरू गरेका छन् ।यस विषयमा कार्यालय प्रमुख शम्भु कुसियत यादवसँग बुझ्दा मुर्लीचोकमा इन्टरनेटको तारमा आगलागी भएकोले छिट्टै लाइन सुचारु हुने बताउनुभएको छ । उहाँले कुनै आर्थिक प्रलोभनमा नपरेको बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles