धरहराको काम २६ प्रतिशत सम्पन्न

काठमाडौं । ऐतिहासिक धरहरा पुनर्निर्माणको समग्रमा २६ प्रतिशत कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

पुनर्निर्माण प्राधिकरणमा बिहिबार भएको धरहरा पुनर्निर्माण प्रगति समीक्षा यस्तो जानकारी गराउनुभएको हो । तर, आफूलाई प्राप्त निर्माणस्थलका हिसाबले ६७ दशमलव ५ प्रतिशत प्रगति भएको उहाँको भनाइ छ । धरहरा पुनर्निर्माणका क्रममा हाल धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य सम्पन्न भई बिम स्लाब उठाउने कार्य सुरु भएको छ ।

त्यसैगरी, गोश्वारा हुलाक रहेका भवन भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि पूर्वपट्टि प्रोटेक्सन पाइल हाल्ने कार्य चलिरहेको छ । समीक्षा कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विभिन्न खण्डका कार्य समानान्तर रुपमा अघि बढाएर तोकिएको समयमै पुनर्निर्माण सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

त्यसक्रममा उहाँले गुणस्तर कायम राख्न कुनै कसर बाँकी नराख्न समेत जोड दिनुभयो । धरहरा पुनर्निर्माणको सुपरीवेक्षण गरिरहेको परामर्शदाता कम्पनी केज कन्सल्ट र स्वाइल टेस्ट जेभीका तर्फबाट पुनर्निर्माणका क्रममा देखिएका विभिन्न विषयबारे प्रस्तुतीकरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles