प्रदेश २ मा पनि डेंगुको त्रास बढ्दो

जनकपुर २७ भदौ । देशका अन्य क्षेत्रमा जस्तै प्रदेश नम्बर २ मा डेंगुको संक्रमण बढ्दै गएको छ । प्रदेश २ मा डेंगुबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना विरामी भएका छन् ।

सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेंगुको संक्रमणबाट मृत्य भएको प्रदेश नम्बर २ स्वास्थ्य निर्देशनालयले जनाएको हो । प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा बिहीवार बिहानसम्म ७३ जनामा डेंगु संक्रमण भेटिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।

प्रदेशमा सबैभन्दा बढी बारा र पर्सामा गरी ३९ मा डेंगु संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ । त्यसैगरी सिरहामा १५, रौतहट र सप्तरीमा सात÷सात, महोत्तरीमा तीन र धनुषामा एक जनामा डेंगु संक्रमण फेला परेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए ।

बुधवार बिहानसम्म १६ जनामा डेंगुको संक्रमण देखिएको थियो भने दिउ“सो सो संख्या २५ र अबेर रातिसम्म ७३ पुगेको हो । प्रदेशका सबै जिल्लामा डेंगुविरुद्ध सचेतना र विशेष सरसफाइ कार्यक्रम चलाइएका छन् । संक्रमित सबैको पायक पर्ने अस्पतालमा उपचार भइरहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।

महोत्तरीको सुदूर उत्तरी क्षेत्रमा डेंगु भेटिएको छ । अहिलेसम्म बर्दिवास र यसैसंग सीमा जोडिएको औरही नगरपालिकामा डेंगुको संक्रमण तीन जनामा भेटिएको हो । दुई वर्ष पहिले २०७४ को हिउ“दमा महोत्तरीको बर्दिवास क्षेत्रमा डेंगु आतंक नै छाएको थियो। त्यतिखेर बर्दिवास र आसपासका क्षेत्रमा गरी ७०० भन्दा बढी डेंगु प्रभावित भएका थिए ।

यसैबीच बर्दिवास नगरपालिकाले डेंगुविरुद्ध सचेतना र सरसफाइ कार्यक्रम सँगसँगै शुरु गरेको छ । नगरपालिकाले आफ्नै स्वास्थ्य शाखाको संयोजनमा नगरभित्रका सबै स्वास्थ्य संस्था र सामाजिक संघसंस्थालाई अभियानमा परिचालन गरिएको नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिए । बर्दिवास नगरपालिकाले वडा नम्बर १ का अध्यक्ष चुडामणि पोखरेलको संयोजकत्वमा सरसफाइ अभियान समिति नै गठन गरेर काम थालेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles