नेपालबाट भारततर्फ गाईगोरुसहित एक जना पक्राउ

महोत्तरी ३१ भदौ ।  नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका सात गाईगोरुसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ का १९ वर्षीय नजाम अन्सारी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । प्रहरी चौकी रघुनाथपुरको टोलीले अन्सारीलाई सोनमा गाउँपालिका–३ बाट गाईगोरुसहित नियन्त्रणमा लिएको हो ।

उनलाई आवश्यक कारवाहीका लागि छोटी भन्सार कार्यालय सम्सीको जिम्मा लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles