लागुऔषध मुद्दाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ

बारा ३१ भदौ । बारा प्रहरीले लागुऔषध मुद्धामा तीन वर्षदेखि फरार रहँदै आएका एक प्रतिवादीलाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ वस्ने ३५ वर्षीय प्रभु चौधरी रहेको प्रहरीले जनाएको छ ।पक्राउ परेका चौधरीलाई जिल्ला अदालत बाराले लागुऔषध हिरोइन मुद्दामा सात महिना पाँच दिन कैद सजाय तोकेकोमा हालसम्म उनी फरार रहँदै आएका थिए ।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बारामा पठाइएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg