नदीको ढुंगा रातारात संकलन गर्दै तस्कर

चन्द्रपुर,०१ असोज ।
चुरेको सिरबाट बग्ने चा“दी नदी ढुंगाको ठूलो खानी जस्तै देखिने नदीको ढुंगा रातारात संकलन गरी लगेपछि पातलिदै गएको छ । गत वर्ष मकवानपुरको बकैया गा“उपालिकाको ठेक्का भन्दै रौतहट मकवानपुर सीमाक्षेत्रको मोरङे नजिक चा“दी नदीबाट ठूलो परिणाममा ढुंगा लगे ।
वन र स्थानीय प्रशासनले रोक्ने प्रयास गरे पनि सफल हुन सकेनन् । अहिले त्यस क्षेत्रमा अर्को समूह साइड हेर्न पुगेको छ ।
पूर्व–पश्चिम राजमार्गबाट झन्डै ९ किमि उत्तर चुरेक्षेत्रबाट ढुंगा तस्करी हुने क्रम रोकिएको छैन । प्रत्येक वर्ष असार–साउनमा बन्द भए पनि स्थानीयतहले ठेक्का लगाएपछि त्यसैको आडमा तस्करी हुने गरेको हो ।दिनहु पचासौं टिप्पर गाडीले ढुंगा ओसारेको स्थानीय दिलबहादुर तामाङले बताए । चुरेमै आएर ढुंगा लैजान थालेका छन्, उनले भने, गा“उपालिकाको ठेक्का भनेर ठेकेदारले ढुंगा लग्यो । चुरेमै तस्करले ढुंगा ओसार्न थालेपछि वनले कडाइ गरेको थियो ।
वनले रोक्दा रोक्दै पनि ठक्काका नामा झन्डै १५ हजार घनमिटर ढुंगा लैजान भ्याएको थियो । जथाभावी नदी दोहन, चुरे क्षेत्र अतिक्रमण र त्यस क्षेत्रको ढुंगा तस्करीमा स्थानीयको समेत सहभागिता देखिएको छ । यो क्रम पछिल्लो २ वर्षयता तिब्र भएको छ । केहीले नदीबाट ढुंगा संकलन गरी बाटोमा राखेका छन् । चा“दीको सिरको ढुंगा मोरङे, ईपिलिघारी, भोलनटार हुदै बारा पुग्ने गरेको पाइएको छ ।
त्यस्तै धन्सार क्षेत्रबाट समेत ट्याक्टरमा ठूलो मात्रामा ढुंगा तस्करी हुदै आएको छ । धन्सार खोलाबाट निकालिएको ढुंगा रातारात क्रसर उद्योगमा पुर्रुयाइन्छ । तस्करीमा संलग्न कामदारहरू नदीको आडमा अस्थायी क्याम्प जस्तैबनाएर बस्छन् ।
चुरे क्षेत्रको अवैध बस्तीले पनि समस्या निम्त्याएको वनको बुझाइ छ । दुई दशक अघिसम्म चुरे पहाडबाट आउने नदीको पानी तराईरमधेसमा उब्जनी बढाउने स्रोत मानिन्थ्यो । चुरेबाट बगेर आउने पागो माटोले यस क्षेत्रलाई उर्वर बनाउथ्यो । पछिल्लो समय जताततै ढुंगा उत्खनन्, नदिमा खाडल, दोहनले पाँगो होइन, बालुवा र साना गिटि बग्छ । यसले तराई–मधेसमा हराभरा होइन उब्जनी कम र उजाड बनाएको पाईएको छ ।
पानीको प्राकृतिक बहावमा हुने अवरोधलाई बाढीपहिरोको मूल कारक मानिन्छ । चुरे क्षेत्रका रूख, ढुंगा जथभावि निकाल्ने गरिएका कारण बाढी पहिरोको समस्या बढेको वन अधिकृत सिंहले सुनाए । चुरेबाट रूखबिरुवा, ढुंगा, ग्राभेल लगायत नदीजन्य पदार्थ उत्खनन् गर्दा सतह खुकुलो भएर वर्षाको पानीस“गै बालुवा तराईरमधेसका खोलामा थुप्रिएर सतह उठ्दै जान्छ ।
मधेसमा बाढी र डुबान जस्ता समस्या समाधानका लागि खोलामा होइन मूल चुरे क्षेत्रमै उपचार खोज्नुपर्ने पूर्व सभासद देवेन्द्र पटेलले बताए । स्थानीयतले हचुवाका भरमा नदीजन्य वस्तुको ठेक्का लगाउछ । त्यसैको आडमा तस्करले चुरे क्षेत्र प्रवेश गरी ढुंगा लैजान्छ,उनले भने,सम्बन्धित निकायबाट तत्कालै यस्तो कार्य रोक्नुपर्छ । र चुरेको संरक्षणमा जोड दिनुपर्छ । चुरेले नेपालको कुल क्षेत्रफलको १२ दशमलव ७८ प्रतिशत भूभाग ओगटेको वन कार्यालयले जानकारी दिएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg