स्थानीयलाइ दूध विक्री गर्दैनन् रौतहटका अधिकांश किसान

1106

चन्द्रपुर,०१ असोज ।
रौतहटको मध्य तथा उत्तरी क्षेत्रका अधिकांश दुग्ध उत्पादक किसानले स्थाानीयस्तरमा दुध विक्री गर्न छोडेका छन् ।
स्थानीय होटल तथा स्थानीयवासीलाई दुध विक्री गर्दा समयमा भुक्तानी नपाउने तथा पाए पनि एकमुष्ट भुक्तानी नहुने समस्याले गर्दा किसानले स्थानीयस्तरमा दुध विक्री गर्न छोडेका हुन् । प्रायः मासिकरुपमा भुक्तानी गर्ने शर्तमा उपभोक्ताले उधारोमा दुध खरिद गर्छन् ।
तर, भुक्तानीमा आलटाल र किस्ता भुक्तानी दिन थालेपछि जिल्लाको मध्य तथा उत्तरी क्षेत्रका अधिकांश किसानले दुग्ध विकास संस्थान हेटौंडाको दुग्ध वितरण आयोजनालाई दुध विक्री गर्छन् भन्नुहुन्छ, चन्द्रपुर नगरपालिका–५ का गाईपालक किसान कमल चालिसे ।
आयोजनाले जिल्लाको उत्तरी क्षेत्र चन्द्रपुर नपा र मध्य क्षेत्र गरुडामा दुग्ध संकलन तथा चिस्याउने केन्द्र स्थापना गरेको छ । चन्द्रपुर चिस्यान केन्द्रमा दैनिक तीन हजार लिटर भन्दा बढी दुध संकलन हुन्छ भने गरुडा चिस्यान केन्द्रमा करिब एक हजार ५०० लिटर दुध संकलन हुन्छ ।
दुबै संकलन केन्द्रमा संकलित करिब चार हजार ५०० सय लिटर दुध विक्रीको लागि केन्द्र मार्फत दुग्ध वितरण आयोजना हेटौंडामा पठाइने चन्द्रपुर दुग्ध चिस्यान केन्द्रका प्रमुख सुवर्णप्रसाद खनालले जानकारी दिए ।
गा“उ –गा“उमा स्थापित दुग्ध संकलन सहकारी संस्थाले स्थानीय दुग्ध उत्पादक किसानले उत्पादन गरेका दुध संकलन गरी विक्रीको लागि चिस्यान केन्द्रमा ढुवानी गर्छन् । किसान स्वयं चिस्यान केन्द्र धाउनु पर्दैन । उनीहरुको भुक्तानी समेत स्थानीय दुग्ध उत्पादक सहकारी संस्था मार्फत नै हुन्छ ।
सहकारी संस्थाले किसानलाई दुध विक्री गर्न गरेको सहयोग स्वरुप आयोजनाले संस्था सञ्चालन खर्च भनी प्रति लिटर साढे २४ रुपिया कमिशन दिने गरेको जनभावना दुग्ध उत्पादक सहकारी संस्था चन्द्रपुरका सदस्य हरीशरण चौलागाईंले जानकारी दिए । उनकाअनुसार आयोजनाको कमिशनले गर्दा संस्था गतिशील र दिगो रुपमा सञ्चालन हुन्छ ।
चन्द्रपुर चिस्यान केन्द्रमा बाराको सिंगोलबाट पनि दुध आपूर्ति हुन्छ । उक्त केन्द्रमा स्थानीय हिमाल, साना किसान, जयकिसान, जनभावना, जय चौतारीलगायत १३ वटा दुग्ध उत्पादक सहकारी संस्थाले संकलन गरेको दुध आपूर्ति हुन्छ । यस्तै गरुडा केन्द्रमा आधा दर्जन दुग्ध उत्पादक सहकारी संस्था आवद्ध छन् । दुबै केन्द्रमा करिब नौ सय किसानले उत्पादन गरेको दुध आपूर्ति हुने चिस्यान केन्द्रका प्रमुख खनालको भनाई छ ।
उनकाअनुसार साता दिनअघि दुधको मूल्य प्रति लिटर चार रुपिया“ १६ पैसाको दरले बढेको छ ।
तर, गाई र भैंसीको दुधको मूल्यमा भने विविधता छ । भैंसीको तुलनमा गाईको दुधमा फ्याट र एसएनएफ युनिट कम हुने भएकोले मूल्य पनि प्रतिलिटर कम नै हुन्छ ।
दुग्ध उत्पादक गाइपालक किसान मधु पौडेलले मूल्य बढ्नु भन्दा अघि गाईको दुध प्रति लिटर ४०र४१ रुपियाँ पथ्र्यो । मूल्य बढेपछि ४१ देखि ४५ रुपिया“ सम्म पर्ने गरेको बताए । यता भैंसीपालक किसान रमेश कोइरीले मूल्य बढ्नु अघि केन्द्रमा भैंसीको दुध सालखाला ५०–५५ रुपिया“ प्रतिलिटर पथ्र्यो भने मूल्य बढेपछि ५५ देखि ६० रुपिया“ सम्म पर्ने गरेको छ ।
केन्द्रले महिनामा दुई पटक दुधको रकम भुक्तानी गर्ने गरेको छ । भुक्तानीमा कुनै झन्झट नभएपछि तथा एक मुष्ट भुक्तानी पाउने भएपछि किसानले स्थानीयस्तरमा दुध विक्री गर्न छोडेको दुग्ध उत्पादक किसान नै बताउछन् । किसानले दुध सहकारी मार्फत विक्री गर्न थालेपछि स्थानीय दुध उपभोक्ता दुध खरिद गर्न सहकारी नै धाउने गरेका छन् । सहकारीले भने उधारोमा दुध विक्री गर्दैन ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg