बारा,०१ असोज ।
जितपुरसिमरा उपमहानगरपालिका–११ आमाडार गा“उकी तितरीदेवी चौधरीले विवाह गरेर आमाडार गा“उमा आएको झण्डै चार दशक भयो । उनका जेठा छोरा नै ३५ वर्षका भइसके उनी आमाडार गा“उमा आएदेखि आजसम्म कपडा फुकालेर नुहाउन पाएकी छैनन् । उनी मात्र त्यो टोलकी एक्ली कपडा लगाएर नै नुहाउने महिला भने होइनन् । त्यही गा“उको धाराटोल, ब्रम्हटोल, बीचटोल र इनार टोल गरी चार टोलका तितरीदेवी, पल्टी चौधरी, चम्पा विश्वा चौधरी जस्ता सबै महिलाहरु कपडा लगाएर नै नुहाउन बाध्य छन् । ३५ घरसम्मले खुल्ला ठा“उको सार्वजनिक धारो ( चापाकल) नै प्रयोग गर्दा लुगा खोलेर कहिले नुहाउन नपाएको ती महिलाहरुले बताए ।
सबैभन्दा समस्या धाराटोलवासीलाई छ । उनीहरु ३५ घर परिवारले एउटै धाराबाट गुजारा गरिरहेका छन् । देशमा यो परिवर्तन भयो, त्यो भयो भन्ने उनीहरुले नसुनेका भने होइनन् । तर बाराको जीतपुरसिमरा उपमहानगरपालिका भन्दा ३ किलोमिटर मात्र पूर्व तर्फको गा“उटोलका महिलाहरुले कपडा लगाएर नै नुहाउनु बाहेक उनीहरुस“ग अर्को विकल्प नभएको गुनासो गरे । परिवर्तन भएको अनुभूति कसरी गर्ने ? उनीहरुले उल्टै प्रतिप्रश्न गरे । जितेर गएपछि यो समस्या सधैंका लागि अन्त्य गर्छौं भन्ने हरेक प्रकारका उमेद्वारको आश्वासन सुनेर नै हाम्रो केश फुलिसक्यो धाराटोलकी फुलेश्वरीदेवी द्वारे चौधरीले भनिन्् । अरू टोलमा भने ३५ नै घर त होइन । तर १५ देखि २०–२५ घरसम्मको एउटै धारा छ उनले भनिन् ।
खुल्ला ठाउको सार्वजनिक धारामा सबैले देख्ने गरी महिलाले नुहाउदा पर्दाका रुपमा आङका बस्त्र वाहेक अर्को विकल्प नभएको धाराटोलकी फुलेश्वरीदेवीले बताइन् । हाम्रो लागि वाथरुम भनेको नै आङमा भएका कपडा त हुन् नि उनले भनिन् । पाका उमेरका महिलाहरुले जसो तसो नुहाउछन् तर किशोरीहरुलाई निकै समस्या हुने गरेको उनको तर्क छ। बाटोको छेउमा धारा भएकोले गा“उका मानिस र बटुवासमेत आउँदा जाँदा परैबाट छ्वाङ देखिने भएकोले पनि महिनावारीका बेला किशोरीहरुलाई साह्रै सकस भएको कर्णाधारमाई मन्दिर अगाडिको धारामा कपडामा नुहाउदै गरेकी १७ वर्षीया ज्योतिकुमारी विश्वा थारुले बताइन् । यो समस्या अरुलाई हामी भन्न पनि सक्दैनौं उनले भनिन् । पाका उमेरका आमाहरु त जसोतसो नुहाउनु हुन्छ । आधुनिक समयमा पनि आफूहरु भने नुहाउने कुरामा समस्या खेप्दै छौ उनले तर्क गरिन् ।