फिमेल जर्नालिष्ट अवार्ड सन्तोषीलाइ

अस्मिता केसी–नेपालकै सर्वाधिक चर्चित र स्तरीय मोडल उत्पादन गर्ने प्रतियोगिता मोडल हन्ट नेपालको पा“चौ संस्करण सम्पन्न भएको छ । जसमा पाल्पा रामपुरका २३ बर्षिय सुदिप वस्ती र काठमाडौ कपनकी १८ बर्षिया कुशिका प्रसाइले बेनिलि मोडल हन्ट नेपाल २०१९ को शिर्ष उपाधि चुमेका छन् ।
अन्नपुर्ण पोस्टको सहप्रकाशनमा दर्जनौं संघ, संस्थाको सहकार्यमा शनिबार होटेल सोल्टी क्राउन प्लाजामा आयोजित मोडल हन्ट कार्यक्रममा वर्षका उत्कृष्ट समाचार लेखन, सम्पादन एवं प्रस्तुतिकरणका लागि दिइने अवार्डबाट उत्कृष्ट महिला पत्रकार २०१९ बाट पत्रकार सन्तोषी अधिकारी सम्मानित भएकी छिन् ।


महिला, बालबालीका र स्वास्थ्य क्षेत्रमा कलम चलाउदै आएकी पत्रकार अधिकारीले पिडित असाहाय महिलाको विकास र उत्थानमा आवाज पनि बुलन्द पार्दै आएको भन्दै उनलाई सम्मान गरिएको हो । पत्रपत्रिका, रेडियो हुदै टेलिभिजनको दुनियामा छाएकी र सबैले मन पराइएकी सञ्चारकर्मी सन्तोषी अधिकारी हाल एबीसी टेलिभिजनमा समाचार बाचिका, कार्यक्रम निर्माता र प्रस्तोताका रुपमा कार्यरत छिन् ।
कार्यक्रमका प्रमुख अतिथि कांग्रेस बरिष्ठ नेता एवं पुर्ब अर्थमन्त्री डा.रामशरण महतले उनलाई सम्मान गरेका हुन् ।


बरिष्ठ टिभी पत्रकार मा रामेश्वर सापकोटा, अनलाईन मा रातोपाटी का लोकेन्द्र भट्ट, नागरिक राष्ट्रिय दैनिकका भुवन शर्मा, सम्पादकमा बाबुराम आचार्य लाई स्वर्ण कलम सहित पुरुष्कार प्रदान गरिएको रवि धमलाले बताए ।
लामो समयदेखि राजनिती र समाजसेवामा दत्तचित्त भएर लागिरहेका समाजसेवी एवं युवा नेता क्षितिज भण्डारीलाई सम्मान गरिएको थियो ।
नेपाली का“ग्रेसका महासमिती सदस्य समेत रहेका भण्डारी भर्खरै मात्र थाइल्याण्डमा आयोजित कार्यक्रममा अन्र्तराष्ट्रिय सम्मान प्राप्त गर्न सफल भएका थिए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg