लागुऔषधसहित एकजना युवा पक्राउ

बारा २ भदौ । बाराको कलैया उपमहानगरपालिका–१० स्थित कलैया मटिअर्वा सडकखण्डबाट प्रहरीले लागुऔषधसहित एकजना युवालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा भारतबाट टेम्पो चढेर आउने क्रममा भारतको आदापुर–१३ फुलवरिया टोलका १९ वर्षीय अलि हुसेन मियाँ धोवीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्लाष्टिकको बाल्टिनभित्र तल अवैध लागुऔषध ओनेरेक्स ४० बोतल र नाइट्रोभेट–१० ट्याब्लेट १ सय ५० पिस राखी माथिबाट ग्रिसको लेप लगाई लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा फेला पारी परेको थियो । पक्राउ परेका लागुऔषधसम्बन्धी मुद्दामा बारा जिल्ला अदालतबाट पहिलोपटक दिन ५ को म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg