चन्द्रपुर,२१ असोज ।
रौतहटको चन्द्रपुर–७ बनबहुअरी स्थित स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठानको दोस्रो साधारण सभा सम्पन्न गरिएको छ । सभा संगै दशैको शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम पनि सम्पन्न गरिएको थियो । सो सभाका प्रमुख अतिथि रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले नबदुर्गा माताले हामी सबैलाई सदमार्गमा लाग्न प्रेरणा मिलोस,नागरिक लाई सर्बोपरी ठानेर बिकास निर्माणको योजना बनाईने बताए ।
उनले जबसम्म नागरिक सक्षम हुदैनन तबसम्म जनप्रतिनिधिले करोडका गाडी चढेको नसुहाउने बताए । सो सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य धनलाल ठोकरले स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठान संग सहकार्य गरेर नागरिक मुखी कार्यक्रम गर्ने बताए ।
उनले अबको योजना बाट प्रतिष्ठान लाई एक थान एम्बुलेन्स खरिदमा सहयोग गर्ने बताए । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले स्वर्गीय राम कुमार कोईराला शिक्षा पेमी मात्र नभइ सामाजिक ब्यक्तित्वमा रहनु भएको बताए ।
सो सभामा पुर्बराज्यमंन्त्रि गोबिन्द चौधरी, सहित राम शरण चिमोरिया, देबकी नेपाल, प्रेम यादब, संजय कार्कीले शुभकामना मन्तव्य दिएका थिए ।
सभामा चन्द्रपुर नगरपालिका वडानम्बर ७ का अध्यक्ष बिष्णु उप्रेती, अनन्त कोईराला, अजय साह, भरत आचार्य, गोबिन्द कोईराला,डा.सुभाष चौधरी,प्रमोद कोईराला,बिद्यार्थि नेता देवराज कार्कि,श्यामहरी चौलागाई,जन सरोकार दैनिकका प्रवन्धक प्रिमेश शिवाकोटी,प्रेस युनियन रौतहटका सचिव दिपु मिश्र लगायतको आतिथ्या रहेको थियो ।
सभामा आयोजित रक्तदानमा २३ जनाले रक्तदान गरेका थिए ।