गौर। पुर्व मन्त्री तथा रौतहट क्षेत्र नम्बर २ का सांसद मोहम्मद आफताब आलम पक्राउ परेपछि रौतहट सदरमुकाम गौर तनावग्रस्त बनेको छ । नेपाली कांग्रेसका कार्यकर्ताले आलमलाई पक्राउ गरेको बिरोधमा जिल्ला प्रहरी कार्यालय अगाडी ढुंगा समेत हानेका छन् ।
अहिले गौरमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । प्रहरी परिचालन भएपनि आलमका समर्थकले नाराबाजी गर्दै चोकचोकमा जम्मा भई प्रहरीमाथी ढुंगा हानिरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।