गौर,२६ असोज । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रौतहटले आफना नेता पक्राउ परेको बिरोधमा पत्रकार सम्मेलन गरेर प्रेस विज्ञप्ती जारी गरेको छ । नेपाली कांग्रेसका नेता,पुर्व मन्त्री तथा रौतहट क्षेत्र नम्बर २ का सांसद मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेपछि जिल्ला सदरमुकाम गौरमा सभापती कृष्ण यादबले पक्रकार सम्मेलन आयोजना गरी ओली सरकारले सुनुयोजित रुपमा प्रहरी लगाएर आफ्ना पार्टीका नेता पक्राउ गरेको आरोप लगाएका छन् ।
सभापती यादबले आफ्ना पार्टीका नेतालाई तत्कालै रिहा नगरे सरकार बिरुद्ध रौतहटबाटै कडा आन्दोलनको सुरुवात हुने र त्यो सरकारका लागी ठुलो दुर्घट्ना हुने चेतावनी समेत दिएका छन् । उनले प्रतिपक्षी दललाई पाखा लगाउने षडयन्त्र अनुसार सरकार अगाडी बढेको बताउँदै पक्राउ पुर्जीमा नामै नभएका व्यक्तिलाई पक्राउ गरेर दम्भ देखाउने काम सरकारले गरेको उनको आरोप छ । चियापन कार्यक्रम बिथोल्ने उदेश्यका साथ लोकतन्त्रमाथी प्रहार गर्न सरकार उद्धत भएर लागेकाले यसको बिरोध नेपाली कांग्रेसले सडकबाट गर्ने र सरकारको पोल जनतासामु खुल्ने यादबले बताए ।