गौरमा मौन जुलुस,आलमलाई हिरासतमा राख्न ८ दिन म्याद थप

गौर,०८ कार्तिक
प्रहरी हिरासतमा रहेका पुर्व मन्त्री तथा रौतहट क्षेत्र नम्बर २ का सांसद मोहम्मद आफताब आलमको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै मौन जुलुस निकालिएको छ ।
शुक्रबार नेपाली कांग्रेसले रौतहटको गौरमा मौन जुलुस निकालेको हो ।

रौतहटको राजपुरमा भएको वम विस्फोटका घाइतेहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलमममाथि अनुसन्धान भइरहेकै बेला नेपाली कांग्रेसले जुलस निकालेका छन् । जुलुसका सहभागीले नाराबाजी नगरे पनि विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
गौरको बीपीचोकदेखि जिल्ला अदालत र यहाँबाट मुख्य सडक हुँदै नेपाली कांग्रेसको पार्टी कार्यालयसम्म पुगेर मौन जुलुस सकिएको थियो । प्रहरीले आलममाथि अनुसन्धान गर्न शुक्रबार नै अदालतबाट थप ८ दिनको म्याद लिएको छ । सो जुलुसमा राजपुरका वासिन्दा, नेपाली कांग्रेस रौतहटका नेताहरुको सहभागि रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles