नेता आलम पक्राउको बिरोधमा भोलि गौरमा कांग्रेसको मौन सभा

चंद्रपुर। नेपाली कांग्रेसका नेता , पुर्वमन्त्री तथा सांसद मो. अफतब आलमलाइ झुटो आरोपमा फसाउन खोजेको भन्दै शुक्रवार गौरमा बिरोध हुने भएको छ ।
कांग्रेस जिल्ला कार्य समितीको निर्णय अनुसार रौतहटको गौरमा भोलि शुक्रवार बिहान ११ बजे कालोपट्टि बाधेर मौन सभागर्न लागिएको कांग्रेसका जिल्ला कार्यसमितीका सदस्य सुमन गौतमले जानकारी दिए। हत्या आरोपमा असोज २६ गते पुर्वमन्त्री तथा सांसद अफताव आलम पक्राउ परेपछि रौतहट काग्रेसले आपत्ती जनाउदै आएको छ ।
राजनैतिक प्रतिशोधका कारण नेता आलमलाइ फसाउन खोजिएका ले बिरोध का कार्यक्रम राखिएको रौतहट क्षेत्र नम्वर ४ का क्षेत्रिय सभापती रामस्नेही यादवले बताए। प्रहरीले आलमलाई फसाउन पिडित भन्दै जो पायो तेसैको बयान लिने काम गरेको महासमिति सदश्य मुकेश गिरीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles