किसानले पाएनन् ४४ करोड,आन्दोलनको चेतावनी

गरुडा,१८ कात्तिक ।
उखु बेचेको ५ बर्षमा पनि भुक्तानी नपाएपछि रौतहटका उखु किसान मर्कामा परेका छन् । जिल्लाको गरुडा नगरपालिका स्थित श्रीराम सुगर मिल्सले किसानसंग खरिद गरेको करोडौं रुपैंया बराबरको उखुको भुक्तानी हालसम्म नगरेपछि जिल्लाका उखु किसानमा निराशा बढ्नुका साथै मिल संचालक संगको सम्बन्ध पनि बिग्रदैं जान थालेको छ । मिलले किसानलाई अहिलेसम्म उखुको झन्डै ४४ करोड रुपैया“ तिर्न बा“की रहेको छ । दसैं, तिहार छठजस्ता ठुला पर्वमा मिलले भुक्तानी दिन्छु भनेर झुक्याएको किसानको आरोप छ ।
उखुको रकम भुक्तानीमा कुरा नमिलेपछि श्रीराम सुगर मिल र किसानबीच द्वन्द्व चर्किएको छ । उखु खरिदको पा“च वर्षअघि देखिको रकम भुक्तानी बा“की राखेको भन्दै किसानहरू आन्दोलनको तयारीमा जुटेका छन ।

दसैंअघि उनीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए । पर्व आउन लाग्यो भनेर पटक–पटक वार्ता र ताकेता गर्दा मिल सञ्चालकले पीडा नसुनेका कारण आन्दोलन गर्नु बाहेक आफुहरुसंग कुनै बिकल्प नरहेको ज्ञापनपत्रमा उल्ल्ेख गरिएको छ । पर्वका बेला भुक्तानीका लागि अनुरोध गर्दा हुन्छ भनेर झुक्याएको किसानको आरोप छरु। उखु उत्पादक संघ रौतहटका कोषाध्यक्ष मनोज सहनीले भुक्तानी गर्नुस् भन्दा उल्टै मिल सञ्चालकले मिल बन्द गर्ने चेतावनी दिएको बताए ।
संघले जिल्ला प्रशासनमार्फत् वाणिज्य आपूर्ति मन्त्रालयलाई समेत भुक्तानीका लागि अनुरोध सहितको ज्ञापन पत्र पठाएका छन । यसअघि भुक्तानी नदिएको भन्दै किसानले मिलको गोदाममा राखेको चिनी केही समय बाहिर लैजान दिएका थिएनन् ।
भुक्तानी नपाएर किसान छटपटिएको यो पहिलो पटक होइन । मिललले ०७१ सालदेखिको रकम बा“की राखेको छ । मिलले ०७१ सालमा ८ करोड भुक्तानी गर्न बा“की राखेको थियो । गत वर्ष किसानबाट ६४ करोडको उखु खरिद गरेको थियो । जसमध्ये होली पर्वका बेला ९ करोड मात्र भुक्तानी दिएको थियो । बा“की ५४ र पछिल्लो ८ गरी ६२ करोड बक्यौता राखेकोमा भुक्तानी गरेर ४४ करोड बा“की राखेको संघका कोषाध्यक्ष सहनीले बताए । सहनीका अनुसार उद्योगले १ लाख १३ हजार क्विन्टलभन्दा बढी चिनी उत्पादन गरेको थियो ।
गोदमको चिनी बिक्री गरे पनि भुक्तानीमा सधैं झमेला हुने गरेको किसानको आरोप छ । मिलका फाइनान्स म्यानेजर एनके गुप्ताले किसानको रकम बक्यौताका विषयमा केही बताउन चाहेनन । गत वर्ष बा“कीको रकम भुक्तानी र मूल्य निर्धारणकै कारण मंसिरमै सञ्चालन हुनु पर्ने मिल ढिला भएको थियो । प्रमुख जिल्ला अधिकारी किरण थापाले किसानको पीडा माथिल्लो निकायमा पु¥याउने बताए । उनले वास्तवमा किसानलाई पीडा रहेको बताउ“दै नगदे बाली उधारो भयो भन्ने ब्यापक गुनासो आएका कारण भुक्तानीका लागि पहल गर्ने र किसानहरुको ज्ञापन पत्र सम्बन्धित मन्त्रालयमा पठाउने बताए । २०५० सालमा गरुडा नगरपालिकामा चिनी उद्योगको स्थापना भएको हो । छिमेकी बारा, पर्सा, सर्लाही र रौतहटका किसानको उखु क्रसिङ गर्ने मिल्सको उद्देश्य रहेको छ ।
तर, पछिल्लो समय सोचे जस्तो क्रसिङ गर्न सकेको छैन । सुरुका वर्षमा २५ लाखभन्दा बढी क्विन्टल उखु क्रसिङ गरेको थियो । भुक्तानीमै झमेला हुन थालेपछि किसान निरास छन । हालआएर समयमा भुक्तानी नदिएको भन्दै किसानले मिलविरुद्ध आन्दोलन गर्दै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles