चन्द्रपुर,१९ कात्तिक ।
जिल्लाका विभिन्न स्थानमा निर्माणाधीन पुल समयमा नबन्दा स्थानीय सास्ती भोग्नु परेको छ । बागमतीको बडहर्वा, समनपुर, चन्द्रपुरको चा“दी र लालबकैयाको टिकुलिया घाटमा निर्माणका क्रममा रहेको पुलको सम्झौता अनुसार ठेकेदारले समयमा काम नसकेकाले स्थानीयलाई समस्या परेको हो ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले ठेक्का लगाएको चा“दी नदी पुलको सम्झौता तीन वर्षमा सक्ने थियो । विभिन्न बाहना बनाएर ठेकेदार कम्पनीले काम गरेन । मुलुकको पूर्वाधार निर्माणमा सबैभन्दा धेरै हेलचेक्र्याई गरेको आरोप लागेका ठेकेदार कम्पनी पप्पु कन्सट्रक्सनले यस पुलको ठेक्काको आधा हिस्सा पाएको छ । यो मात्र होइन जिल्लाभरिका झन्डै एक दर्जन पुलको सम्झौता गरेको समय सकिएर बसेका छन् ।
चन्द्रपुर बजार र गैडाटारको ३ नम्बर वडालाई जोड्ने पुलको २०७६ असार ३१ गते सम्झौता भएको थियो । सम्झौता अनुसार २०७६ असार ३१ गते सक्नु पर्नेमा अहिले सम्म ४२ प्रतिशतमात्र काम भएको छ । स्थानीय शिवशंकर र पप्पु कन्स्ट्रक्सन जेभीले ठेक्का नम्बर ५३ को २५ करोड ३६ लाखमा २४ हजारमा सकार गरेको थियो । समयमा पुलको काम सकेको भए पारी गैडाटार गा“उका स्थानीयलाई आवत–जावतमा सुविधा हुन्थ्यो । वर्षाका बेला वारपार गर्न कठिन हुदै आएका स्थानीयले अहिलेसम्म पुल देख्नै पाएका छैनन् । पुलको म्याद सकिएको ३ महिना बिते पनि थप भएको छैनन् । समय गुज्रिसक्दा पनि पुल निर्माणको कामले गति लिन सकेको छैन । ठेकेदार कम्पनीका सञ्चालक दयाराम साहले बजेट, वर्षा, निर्माण सामग्रीको अभाव तथा विभिन्न कारणको बाहना बनाई म्याथ थप्न निवेदन दिएका छन् । भनेका बेला समान पाइदैन,उनले भने विभिन्न आन्तरिक समस्याले पनि समयमा काम सक्न दिएन । वर्षाका बेला बाढीले फिटिक्कै काम हुदैन । १० वटा पिलरको ११ वटा स्पान राख्नु पर्ने कामको ठेकेदारले कामै सकेको छैन् ।
गौर नगरपालिका ४ स्थित टिकुलिया घाटको पुलको अवस्था झन खराब छ । ठेकेदारले निर्माणको काम छाडेर हिडेको चार वर्षको अवधिमा ६५ प्रतिशत पुलको सम्पन्न गरेको छ । पुल समयमा बन्न नसकेपछि यस क्षेत्रको लाइफलाइन अस्तव्यस्त छ । तत्कालीन ंसडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा गौर औरैया जोड्ने लालबकैया नदीमा २ सय २५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरेको थियो । लागत इस्टिमेटभन्दा २८ प्रतिशत तल १४ करोड ९३ लाखमा टेन्डर सकार गरेर तीन वर्ष्भित्र निर्माण पूरा गर्ने लिखित रूपमा २०७१ असार २९ मा पप्पु कन्ट्रक्सनका तत्कालीन सञ्चालक हरिनारायण रौनियारले सम्झौता गरका थिए । त्यसपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ कात्तिक २९ गते शिलान्यास गरेका थिए । सम्झौताअनुसार २०७४ माघ २९ मा निर्माणको काम सम्पन्न हुनुपर्थ्यो । ठेकेदारले निर्माणकै अवधिमा काम छाडेर गए पछि पुल अलपत्र पर्रुयो । त्यही बीच गत भदौ ९ गते घा“स काट्न, खेतमा काम गर्न गएका र पर्व मनाउन आएकाहरू चढेको डुंगा दुर्घटना हुदा ५ जनाको ज्यान गयो । २४ जनाले पौडिएर ज्यान जोगाए । पुलकै कारण स्थानीयले मानवीय क्षति ब्यहोरे । अहिले डुगांले वारपार गराउदै आएको छ ।