ओलीले दिए यादवलाई सरकार छाड्न अल्टिमेटम

काठमाण्डौ,१९ कार्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई पद छाड्न अल्टिमेटम दिएका छन् ।
क्याबिनेट बैठकमा पनि नआउने, मन्त्रालयको काम पनि राम्ररी नगर्ने, उल्टै सरकारको विरोधमा बयानबाजी गर्ने भए तपाईं सरकार छोड्नुस भनेर प्रधानमन्त्रीले संदेश पठाएको स्रोतको दावी छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीले एक हफ्ताको समय दिदै आफै राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन् ।
अन्यथा मन्त्रीपरिषदबाट हटाउन सक्ने संकेत पनि दिएका छन् ।
श्रोतका अनुसार भेटका क्रममा प्रचण्डले प्रम ओलीसंग भेटेर यसबारेमा कुराकानी गर्ने यादवलाई आश्वासन दिएका छन् ।
उपेन्द्रजीको काम कारबाहीबाट प्रधानमन्त्री असन्तुष्ट रहदै आउनुभएको थियो, पटक–पटक सच्चिन भने पनि उहा“ले त्यसका लागि कुनै काम गर्नु भएन,प्रधानमन्त्री निकट स्रोतले भन्यो,अझ सरकारकै आलोचनामा समय खर्चिन थालेपछि प्रधानमन्त्री थप रुष्ट हुनुहुन्छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg