पाचौ दिन पनि आलमका पक्षमा बहस हुने

गौर,२६ कात्तिक ।
नेता मो.आफताब आलमको मुद्दामा चौथो दिन पनि थुनछेक बहस प्रतिवादीका तर्फ बाट भएको छ । आज पाचौ दिन पनि उनको थुनछेक बहस जारी नै रहने छ ।
आलमको पक्षबाट मंगलवार वरिष्ठ अधिवक्ताहरु यदुनाथ खनाल, प्रेम बहादुर खडका र शतिष झाले बहस गरेका छन ।
मिसिलमा उल्लेख कागजात ले मो आफ्ताव आलम घटनामा सँलग्न नरहेको पुष्टी गर्ने भन्दै साधारण तारेखमा रिहा गर्न जिकिर गरेका छन ।

२०६४ साल चैत्र २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विष्फोटहुदा घाइते तथा मृत्यू भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा गत असोज २६ गते नेता आलम पक्राउ परेका थिए ।सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०७५ चैत ८ गते पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयलाइ मुद्धाको अनुशन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपी भनिएका नेता आलम पक्राउ परेको हुन । रौतहटको यमुनामाइ गा“उपालिका ४ का त्रिलोक प्रताप सिंह मारिएको भन्दै बाबु श्रीनारायण सिंह र ओसी अख्तर मारिएको भन्दै आमा रोक्साना खातुनले कतव्र्यज्यान मुद्धामा किटानी जाहेरी दिएका थिए ।सर्लाही स्थित गडैता २ का सफि अहमद र भारत सितामणी जिल्ला बैरगनिया २ का गौरीशंकर रामले बम बिस्फोटनमा घाइते भएको भन्दै ज्यान मार्ने उधोगको उजुरी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles