बसपार्कमा किन जादैन ध्यान ?

चन्द्रपुर,२६ कात्तिक ।
चन्द्रनिगाहपुर चोकमा केही समय अघि इलाका प्रहरी र ट्राफिक प्रहरीले अव्यवस्थित पार्किङ बढेको भन्दै जथाभावी गाडी रोक्नमा कडाइ गरेको भएपनि हाल आएर जथाभावी पार्किङ बढ्दै जान थालेको छ । पूर्व—पश्चिम राजमार्गको दायाबाया र गौर रोडमा जथाभावी पार्किङ हुन थालेपछि व्यवसायी चिन्तित बनेका छन् । पसल र अफिस अगाडीनै गाडी पार्किङ गरिने भएकाले ग्राहकले पसल नदेख्ने र व्यवसायमा धक्का पुग्ने गरेको व्यवसायीहरु बताउ“छन् ।
चन्द्रपुर नगरपालिका,ट्राफिक प्रहरी र ईलाका प्रहरी कार्यालयले संयुक्त रुपमा पार्किङको समस्या हल गर्नका लागी १ बर्ष अगाडी अभियानै चलाएको भएपनि अभियानलाई निरन्तरता दिन नसक्दा र बसपार्क नबन्दा यस्तो समस्या आएको स्थानीय समाजसेवी बिदुर घिमिरेले बताए ।
बस, ट्रक, ई–रिक्सा, जिप सडकमै रोकिने गरेका कारण नगरको शौन्दर्य समेत गुम्दै जान थालेको छ भने यसले दुर्घटनाको जोखिम समेत निम्याउने घिमिरेको भनाई छ ।
सडकमा सवारी साधन पार्किङ गर्न नपाइने ट्राफिक नियम भएपनि नियामनकारी निकायको ध्यान त्यसतर्फ नजा“दा पुर्व पश्चिम राजमार्गमा दाया—बा“या दबुै तर्फ जथाभावी सवारी रोकिने क्रम बढेको छ ।
राष्ट्रिय राजमार्ग भनिएको सडक पार्किङस्थल बन्न थालेको छ भने नियम विपरीत गरिएको पार्किङले सवारी साधन गुडाउन मात्र नभई पैदलयात्रुलाई हिड्न समेत समस्या उत्पन्न भएको छ ।
यता गौर रोडको हालत झनै खराव छ । गाडी व्यवसायीले जथाभावी गाडी पार्किङ गर्दा एकै पटक दुईवटा सवारी जान आउन र साईड दिन समेत मुस्किल हुने गरेको छ । जथाभावी रोकिने र पार्किङ गरिने कारणले गौर रोडलाई अस्तव्यस्त बनाईदिएको छ । गौर जाने मार्गमा बस, ई–रिक्सा र जिप काकरण त्यस क्षेत्रको ट्राफिक व्यवस्थापन सधैं अस्तव्यस्त हुने गरेको छ । चन्द्रपुर–४ स्थित टेकानटोलनजिक चा“दी खोला छेउमा बसपार्क बनाईएको भएपनि लाखौं खर्चेर बनाइएको बसपार्कमा एउटा पनि गाडी जाने गर्दैनन् । वसपार्कमै गाडी नजा“दा यस्तो समस्या उत्पन्न भएको भएपनि बसपार्क व्यवस्थित रुपमा सञ्चालन गर्ने तर्फ सम्बन्धित निकाले कुनै चासो देखाएको पाईदैन । बसपार्क अलपत्र अवस्थामा पुगेको छ ।
चन्द्रनिगाहपुरको टेकानटोलमा २०६९ असोज १५ गते स्थानीयको सहयोगमा र इलाका प्रशासनको पहलमा सो बसपार्क बनाइएको थियो ।
त्यही बेला ठूलो संख्यामा स्थानीय र गाडी मजदुर भेला भएर बाजागाजा सहित सदरमुकाम गौर चल्ने ३० वटा बस र आधा दर्जन टाटा सुमोलाई एकैसाथ लाइन लगाएर बसपार्कसम्म पु¥याइएको थियो । गौर चन्द्रनिगाहपुर चल्ने सवारीलाई लक्षित गरी बसपार्क बनाइएको थियो । गौरबाट आउने र जाने सबै गाडी सीधै टेकान जाने नियम बनाइएको थियो र केही समय यसको पालना गरियो ।
पछि सञ्चालक र चालक आफैंले गाडी बसपार्कमा लैजान छाडे । झन्डै अढाई बिघा सरकारी जमिनमा बसपार्क निर्माण गरिएको भएपनि हाल प्रयोग बिहिन अवस्थामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles