सीके राउतको पार्टी सहित ११ जनाको उम्मेदवारी दर्ता

समनपुर,२७ कात्तिक ।
आगामी मंसिर १४ गते रिक्त रहेको स्थानमा हुन लागेको उपनिर्वाचनको मनोनयन दर्ता सकिएको छ । जिल्लाको गढिमाई नगरपालिका वडा नम्बर २ मा रिक्त रहेकोे वडाअध्यक्ष पदको लागि हुने निर्वाचनमा बुधबार मनोनयन दर्ता गर्ने कार्य सम्पन्न भएको छ ।
मंसिर १४ गते हुने उपनिर्वाचनमा विभिन्न पार्टीका उम्मेवारहरुले आफ्नो नाम दर्ता गराएका छन् । नेपाल कम्युनिष्ट पार्टी बाट जवार मिया, नेपाली काँग्रेस बाट दिपेन्द्र श्रेष्ठ, समाजवादी फोरम नेपाल बाट दिनेश दास, राष्ट्रिय जनता पार्टीबाट विजय महत्तो, जनमत पार्टी बाट राधेश्याम साह बानिया, राप्रपा बाट रामईश्वर दास, स्वतन्त्रमा बुधिया नेसा, सकुर्मिया, हबिब राय भाट, बिनय साह तेली र नथुनी माझी गरी जम्मा ११ जना उम्मेदवारहरुको नाम दर्ता भएको हो । उक्त मनोनयन दर्तामा निर्वाचन आयोग बाट ७ जना कर्मचारी खटिएको र सुरक्षाकर्मी बाट ४५ जना खटिएको निर्वाचन मा खटिएका कर्र्मचारी रुपेश विश्वकर्माले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles