काठमाण्डौ–बाल–कलाकार हुदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका नीता ढुंगाना राम्रो अभिनय र नृत्य गर्छिन् । केही दिन अगाडि मात्र आयोजना भएको नेपाली चलचित्र स्वर्णिम महोत्सवमा नीताको धमकेदार प्रस्तुतीले विरगञ्ज तताएको थियो ।
उनै,नीता नया चलचित्र मायाको तयारीमा छिन् । निरन्तर असफल चलचित्रको असर उनको करिअरमा पनि परेको छ । यसैले, आफ्नै निर्माणमा बन्ने चलचित्रबाट उनी माथि आउने अपेक्षामा छिन् ।
नीता पहिरनको मामालामा पनि सजग छिन् । विरगञ्जको कार्यक्रमको उद्घाटनमा उनले लगाएको पहिरनले सबैको ध्यान तानेको थियो । अधिकांश कलाकार सामान्य पहिरनमा पुग्दा नीता भने आकर्षण पहिरनमा पुगेकी थिइन् । जन्मदिनमा आएको गिफ्ट भन्दै नीताले लगाएको पहिरनमा धेरेको आ“खा गयो ।
https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg