चन्द्रपुर,२१ मंसिर ।
रौतहटको चन्द्रपुरमा गल्फ लुब्रिकेन्टको वितरक नेपाल ल्युब आयल लिमिटेड र जैयसवाल ट्रेडिङ कन्सर्नले रौतहटका ग्लफ मोबिलका खुद्रा ब्यबसायी लाई बिभिन्न सामान दिएर पुरस्कृत गरेको छ । शनिबार गौतम होटलमा आयोजित एक कार्यक्रममा रिटेलर्स मिटमा सबैभन्दा बढि गल्फ मोबिल बिक्री गर्ने वितरकहरुलाइ सोही अनुसार पुरस्कृत गरिएको हो ।
जसमध्ये गरुडाका जैयसवाल जर्नर सप्लायर्सका प्रोपाईटर सन्तोष जैयसवालले १५ हजार मोबिल बिक्री गरे बापत–२ वटा मोटरसाईकल, यादब ट्रेडर्स हर्षहाका प्रोपाईटर झगरु यादबले १० हजार गल्फ मोबिल बिक्री गरे बाट एक थान मोटरसाईकल बाट पुरस्कृत भएका हुन । यसैगरी फिल्टर– १५ थान, ५५ ईन्चको एलईडी टिभी– २ थान, वासिङ मेसिन – ५ थान, भ्याकुम क्लिनर–२ थान, ब्लुटुथ स्पीकर–१० थान, वाटर पयुरीफायर–५ थान, ईलेकिट्रक राईस कुकर – ८ थान बितरण गरिएको र जैयसवाल ट्रेडिङ कन्सर्नका संचालक रबी जैयसवालले बताए ।
आर्थिक वर्ष ०७४÷७५ मा धेरै लुब्रिकेन्ट्स वितरण गर्ने र आगामी आर्थिक वर्ष ०७५÷७६ का लागि समेत प्रतिवद्धता ब्यक्त गर्ने खुद्र्रा ब्यबसायी लाई पुरस्कृत गरिएको हो ।
३२ वर्षभन्दा लामो समयदेखि नेपाल ल्युब आयलले गल्फ लुब्रिकेन्ट निर्माण गरी बिक्री वितरण गर्दै आएको छ । यसले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै प्राविधिक सम्झौता अनुरुप लुब्रिकेन्ट निर्माण भैरहेको आयोजकले जनाएको छ ।