भिलेन पछि मनशुन बनाउदै खत्री

काठमाण्डौ–बिगत एक दशक देखि नेपाली सिने क्षेत्रमा सक्रिय नायक तथा निर्माता कपिल खत्री नया चलचित्र मनशुन निर्माण गर्ने भएका छन् ।
द ग्लोवल पिक्चर्स प्रा.ली को ब्यानरमा निर्माण हुने चलचित्र मनशुनको छायांकन जुम्ला,काठमाडौं र स्कट ल्यान्डमा गरिनेछ ।
चलचित्रको छायांकन फागुनको दोस्रो साता बाट प्रारम्भ गरिनेछ । चलचित्र लाई तिन महिनाको तालिकामा छायांकन गरिनेछ ।
चलचित्रमा को को कलाकार र प्राबिधिक रहने कुरा कार्यक्रम मार्फत छिटै सार्वजनिक गरिने निर्माता खत्रीले जानकारी दिएका छन् । निर्माता खत्रीले यस अगि वान साइड लव र भिलेन चलचित्र निर्माण गरिसकेका छन् । चलचित्र भिलेनको सिक्वेल बनाउने तयारीमा रहेको खत्रीले एकाएक मनशुन बनाउने तयारीमा जुटेका छन् ।
युवा पुस्ताले अत्याधिक रुचाइएका लेखक हुन सुबिन भट्टराई उनको लोकप्रिय् उपन्यास मनशुन निकै सफल उपन्यास हो ।
तर यो चलचित्रमा भने मनशुन उपन्यासको कथा नभइ संयोगले नाम मात्र जुर्न गएको निर्माता खत्रीले बताउछन् ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg