जेसीज सप्ताहःपहिलो दिन अनाथालयमा कपडा बितरण

गरुडा,२६ मंसिर । चन्द्रनिगाहपुर सिटी जेसिजले बुधवार देखी जेसिस सप्ताह तथा पुरस्कार बितरण कार्यक्रम सुरु गरेको छ । जेसिज सप्ताहको बुधवार बिहान उद्घाटन हुनासाथ पुर्व निर्धारित कार्यक्रम अनुसार गरुडामा रहेको अनाथलयका वालवालिकालाइ कपडा बितरण गरिएको जेसि सुमन गौतमले जानकारी दिए ।
गरुडास्थित बंशरिाम अनाथालयमा रहेका बालबालिकाका लागी जाडोमा आवश्यक पर्ने लत्ताकपडा,सिरक र डसना बितरण गरिएको जेसी लोकेन्द्र खडकाले जानकारी दिए । जेसिव सप्ताह अन्तर्गत २६ गते सन्तपुरमा रहेको नमुनाबस्तिमा स्वास्थ्य शिविर ,२७ गते जनता संग जेसिज कार्यक्रममा सामाजीक संस्थाका अगुवा तथा जनप्रतिनिधीहरु लाइ सहभागी गराउने, २७ गते बृन्दाबन नपाको धमौराटोलमा रहेको डोमबस्तिका वालवालिकालाइ शैक्षिक सामाग्री बितरण र २८ गते समापन कार्यक्रम राखिएको चन्द्रनिगाहपुर सिटी जेसिजका महासचिव दिलिप कुमार सापकोटाले जानकारी दिए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg