हतियार र बिभिन्न औजार सहित तिन जना पक्राउ

चन्द्रपुर,०२ पुस ।
रौतहट प्रहरीले घरेलु हतियार र विभिन्न औजार सहित तिन जनालाई पक्राउ गरेको छ ।
गएराति जिल्लाको सशस्त्र बेश क्याम्प फतुआ महेशपुर चेक प्वाईन्टको टोलीले एकथान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली र बिभिन्न औजार सहीत तिनै जनालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीको टोलीले जिल्लाको राजपुर नगरपालिका ३ डमारचौकबाट परोहा नगरपालिका ६ बसन्तपटीका ३८ बर्षिय राम अधार साह,वडा ४ लौकाहाका ६६ बर्षिय छोटेलाल साह र बाराका सुवर्णपुर गा“उपालिका वडा नं ६ का ३७ बर्षिय उमेधर यादव लाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथ बाट एकथान घरेलुु कटुवा पेस्तोल, ८ एमएमको सोही पेस्तोलमा लाग्ने २ थान गोली, २ थान चक्कु,वायर काटने ठुलो कटर १ थान, ३ थान मोवाईल, पेचकस १ थान, पाँचसय भारु, नेपाली ५० रुपैया र उनीहरुले प्रयोेग गरेको भारतिय बिआर ० ५ एन ७३५३ नम्बरको डिस्कौभर मोटरसाइकल बरामद भएको रौतहटका शसस्त्र प्रहरी उपरीक्षक एसपी रबिनराज कर्णजितले बताए । बरामद भएको हतियार,औजार,मोटरसाईकल सहीत उनीहरुलाई आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाईएको शसस्त्र प्रहरी उपरीक्षक कर्णजितले जानकारी दिए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg