चन्द्रपुर। रौतहटको चन्द्रपुर ४ मा रहेको नव विकास बचत तथा ऋण सहकारी संस्था लि. प्रदेश नम्बर २ कै उत्कृष्ठ सहकारी संस्थाको रुपमा सम्मानीत भएको छ ।
काठमाण्डौमा सम्पन्न राष्ट्रिय सहकारी बैंक लि. को १६ औं वार्षिक साधारण सभाका अवसरमा बैंकले संस्थालाई प्रदेश नम्बर २ कै उत्कृष्ठ संस्थाको रुपमा सम्मान गरेको हो । प्रदेश नम्बर २ का सहकारी मध्ये बचत तथा ऋण कारोवार गर्ने सहकारी संस्थाबाट नव विकास उत्कृष्ठ संस्थाका रुपमा सम्मानीत भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संस्थाका अध्यक्ष देव बहादुर सापकोटा लाई सम्मान पत्र र दोसल्लाले सम्मान गर्नुभएको थियो ।
साधारण सभाका अवसरमा बैंकको सदस्य संस्था समेत रहेको सहकारीले सहकारीको विकास, प्रवद्र्धन र सामाजिक रुपान्तरणमा पु¥याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरेको थियो ।
चन्द्रपुर नगर भरी स्थानीय स्तरमै सेवा प्रदान गर्दै आईरहेको संस्थामा १८ सय ५० भन्दा वढि शेयर सदस्य, १६३ करोड शेयर पुँजी, १३ करोड बचत, १५ करोड लगानीमा रहिरहेको ऋण, १ करोड ६० लाख कोष, ८ जना कर्मचारी र १९ करोड कुल सम्पत्ति रहेको छ ।