पैसाको खेलोमेलो,ढुंगा तस्कर छुटाउने खेल

चन्द्रपुर,२१ पुस ।
चुरे दोहन गरेको भन्दै रौतहटमा ७ वटा टेक्टर नियन्त्रणमा लिइएको छ ।
जिल्ला वन कार्यालय,रौतहटको शशस्त्र वन रक्षक टोलीले गस्तिका क्रममा ढुंगासहितको सात वटा टेक्टर नियन्त्रणमा लिएको जिल्ला बन कार्यालय,रौतहटले जनाएको छ ।
जिल्ला बन कार्यालय,रौतहटका अनुसार,जिल्लाको सिमावर्ती क्ष्ोत्र धनसरमा गत आइतबार रामपुकार साह र विनोद श्रेष्ठको नेतृत्वमा गएको बन गस्ति टोलीले बारा र रौतहटको सिमा क्षेत्रको सिंगौल नजिकको रौतहट जिल्लाको बनक्षेत्रबाट उक्त सात वटा ढुंगासहितका टेक्टर नियन्त्रणमा लिएको जिल्ला वन कार्यालय,रौतहटका प्रमुख विनोद सिंहले जानकारी दिए ।
शशस्त्र बन रक्षक टोली,रौतहटको अथक प्रयासले ब्यवसायिकरुपमा चुरे संरक्षण क्षेत्रबाट लैजा“दै गरेको अवस्थामा सुराकी आधारमा ती टेक्टर नियन्त्रणमा लिएको जनाइएको छ ।
बन कार्यालयको गस्ति देखेपछि ती टेक्टर भागेर चुरेको तटिय क्षेत्रमा लुक्न गएका थिए ।
चुरे क्षेत्र नदिजन्य पदार्थ उत्खनन बर्जित छ । तरपनि,तस्कर समुहले माननिय नेता,स्थानिय प्रसासान,बन प्रसासन आदीको सहारामा अतिरिक्त लाभ दिई चुरे क्षेत्रका नदि जन्य पदार्थ ढुवानी गरीरहेको पाइएको छ ।
डिभिजन वन कार्यालय रौतहट अन्र्तगत पर्ने स्थानीय धनसर सव डिभिजन कार्यालयका कर्मचारी बनपाले र सहायक वन अधिकृतको मिलोमतोमा लाइन क्लियर गरी ढुंगाको तस्करी गराइरहेको र सो वापत ५ दिनका लागि प्रति टेक्टर पा“च सय रुपिया“का दरले जनही २५ सय रुपैया“ दिएको एक टेक्टर ब्यवसायीले जनाए ।
उनका अनुसार,धनसरमा रहेका बनपाले, रेन्जर, स.ब.र.का स्टाप तथा सहायक बन अधिकृत बैजनाथ मन्डलको मिलिभगतमा काठ तथा नदिजन्य पदार्थको तस्करी भैरहेको जनाइएको छ ।
गुजरा नगरपाकिाको जंगलसहियाका नामुद पटके ढुंगा तस्कर श्याम गिरीले लाइन चलाइरहेको हो । पक्राउ परेका टेक्टरमा कुख्यात ढुंगा तस्कर गिरिको २ वटा टेक्टर रहेका छन् ।
ढुंगाको कारोबारले रातारात धनि भएका तस्कर गिरिले बनका कर्मचारी केही होइनन,मेरो पावर छ ,जे भएपनि हुन्छ,तर ढुंगा लानुपर्छ भन्दे आएका छन् । डिफओ सिह को हो ? जिल्ला हामी चलाउने हो भन्दै म पत्रकार सम्मेलन गर्न सक्छु । हेरौं बनले के गर्न सक्छ ? भन्दै तस्कर नाइके गिरीले टेक्टर मजदुर र अन्यलाई थर्काउने गरेका छन् । तस्कर गिरीले रौतहट क्षेत्र नम्वर चारका निर्वाचित सभासद अर्थात सा“सद देवप्रसाद तिमलसिना र ठेकेदार श्याम कार्कीको हवाला दिदै टेक्टर छुटाउने धाक लगाएका थिए । सासद तिमलसिनालाई तस्कर र फटाहा गिरोहले प्रयोग गर्ने संभावना रहेकोप्रति सचेत रहन जरुरी भएको एक जना बन कर्मचारीले जनाए ।
मिडिया र बन कर्मचारी पैसा भए मिल्छ भन्दै गिरिले अनधिकृत रुपमा ढुंगाको तस्करी गरिरहेको पाइएको छ ।
यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी किरण थापाले ढुंगा तस्करी धनसरमा भएको विषयमा सम्वन्धित डिफओसंग आवश्यक जानकारी तथा अनुसन्धान भैरहेको जनाए । ।बताबरणीय प्रभाव मुल्याङ्कन स्विकृतका लागि जिल्ला समन्वय समिति बारामा गएको र हाल निजगढ नगरपालिकाले वडा नम्बर १ कार्यलयको अमानत बाट रु ७९१ एठाईएको जनाईएको छ ।
तर जिवका रौतहटले भने चुरे क्षेत्रमा कुनै पनि किसिमले नदि जन्य पदार्थको दोहन निषेध गरिएको र अबैधानिक भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles