चन्द्रपुरमा ‘स्मार्ट सिटि बिल्डर्स’

चन्द्रपुर,१६ माघ ।
रौतहटको चन्द्रपुर नगरपालिकामा आधुनीक,व्यवस्थीत घर,सहर निर्माण गर्ने उदेश्य लिएको स्मार्ट सिटि बिल्डर्सको उद्धाटन भएको छ ।
बिहिबार एक कार्यक्रमका बिच चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष सुनिल कुमार जयसवालले स्मार्ट सिसट बिल्डर्स कम्पनीको उद्धघाटन गरेका हुन् ।
वडा नम्बर ४ मा मुख्य कार्यालय स्थापना गरेको स्मार्ट सिटि बिल्डर्स प्रालीले सुरक्षित आवास र ब्यवस्थित सहरको सिद्धान्तमा काम गर्ने कम्पनीका प्रमुख मोहन राउतले बताए ।
घर, अफिस जस्ता कुनैपनि भौतिक संचरनाका लागी परामर्श दिनुका साथै स्थानीय जनशक्ति,निर्माण सामाग्री र मिस्त्रि सहितका दक्ष जनशक्ति उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको प्रमुख राउतले बताए । कम्पनीको उद्धाटनमा निर्माण पेशामा संलग्न व्यवसायीहरु,संचारकर्मी,जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles