जनकपुरधाम,१६ माघ ।
अब प्रदेश २ का युवाहरुले बिना धितो ऋण पाउने भएका छन् । बैदेशिक रोजगारीमा जाने युवाहरुका लागी विना धितो ऋण दिईने सुबिधा प्रदेश सरकारले ल्याएको छ । प्रदेश सरकारको समन्वयमा प्रदेश नं. २ बाट बैदेशिक रोजगारीमा जाने युवाहरुले विना धितो सहुलियत ऋण पाउने सुविधा शुरु भएको छ ।
प्रदेश सरकार, सिप परियोजना र प्रभु बैंक बीच बैदेशिक रोजगारमा जानेहरुलाई सहुलियत दरमा विना धितो ऋण उपलब्ध गराउन भएको सम्झौता अनुसार प्रभु बैंकले विहिवारबाट युवाहरुलाई ऋण दिन शुरु गरेको हो ।
जनकपुरधामको सिता शरण होटेलमा आयोजित एक कार्यक्रम बीच मुख्यमन्त्री लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गरे । कार्यक्रममा प्रदेश नं. २ का ९ जना युवाहरुले पहिलो दिन उक्त कर्जा प्राप्त गरेका छन ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारको पहल तथा सिप परियोजनाको सहयोगमा शुरु भएको यस योजनाबाट साहुबाट ऋण लिएर वैदेशिक रोजगारीमा जानु पर्ने युवाहरुको बाध्यतालाई केही हद सम्म समाधान गर्ने विश्वास व्यक्त गरे ।
अव वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सिप सिकेर जानु पर्नेमा जोड समेत दिए ।
यस अघि एसबिआई बैंकले हिजो मात्र यो कर्जाको शुभारम्भ गरेको थियो । प्रदेश सरकार, सिप परियोजना र प्रभु बैक तथा एसबिआई बैंक विच साउन महिनामा बैदेशिक रोजागरीमा जाने युवाहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्झौता भएको थियो । सोही सम्झौता अनुरुप बैंकहरुले यो ऋण सेवा शुरु गरेका छन ।
प्रभु बैकबाट सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका युवाहरुलाई यो सुविधा दिने छन भने बा“कीको सिरहा, धनुषा र महोत्तरीमा एसबीआई बैंकले सेवा दिने सम्झौता प्रदेश सरकार संग भएको छ ।
यस योजना अन्तर्गत बैदेशिक रोजगारीमा जाने युवाहरुले पासपोर्ट बनाउने वितिकै बैंकमा नागरिकता, पासपोर्ट र ४ प्रति फोटो सहित निवेदन दिनु पर्ने छ । त्यसपछि बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाउ“मा बचत खाता खोली दिने र भिसा लागे पछि , भिसा ,श्रम सम्झौताको कागजपत्र बैकमा जम्मा गरे पछि पा“च दिन भित्र कर्जा उपलब्ध गराउने प्रावधान राखिएको छ ।
प्रभु बैंकका सिइओ मणिराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव रामकृष्ण सुवेदी, डिफिडका रोब क्लर्क, सिप परियोजाका बलजित बोहरा सहितको उपस्थिति रहेको थियो ।