सामुदायिक विद्यालयको शिक्षा सुधार्दै स्थानीय तह

चन्द्रपुर,१९ माघ ।
अङ्ग्रेजी माध्यममा पढाई हुने भन्दै आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाउने अभिभावक पछिल्लो समय फेरि सामुदायिक विद्यालयतर्फ नै फर्कन थालेका छन् । स्थानीय तह सक्रिय भएसंगै थालिएका शैक्षिक सुधार कार्यक्रम प्रभावकारी हुन थालेपछि सामुदायिक विद्यालयले गुमेको विश्वास फेरि आर्जन गर्न थालेका हुन् ।
निजीमा भन्दा योग्य शिक्षक भए पनि उपयुक्त वातावरण बन्न नसक्दा सामुदायिक विद्यालयको साख खस्कि“दै गइरहेको थियो । अहिले स्थानीय तहले सुधार गर्न चासो लिन थालेको छ । सामुदायिक विद्यालयमा सुधारको सङ्केत देखिन थालेका छन् ।
चन्द्रपुर ७ मा रहेको श्रीकालिका मावि बनबहुरीमा २ बर्षयता विद्यार्थी संख्या बढेको छ । भौतीक पुर्वाधारमा वडाअध्यक्ष र नगरपालिकाले बार्षिक रुपमा लाखौं बजेट बिनियोजन गरेका कारण विद्यालय पोसाक,ब्याग,खाजा,किताव सबै पाईने र विषयगत शिक्षक नियमित विद्यालय आउने गरेका कारण पनि अभिभावकहरुको रोजाईमा सामुदायीक विद्यालय परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुधिर शर्माले बताए । १ सय विद्यार्थी नहुने विद्यालयमा यो आर्थिक बर्षमा करिब ६ सयको हाराहारीमा विद्यार्थी भर्ना भएको जानकारी दिंदै उनले समितिले कडाईका साथ पठनपाडन संचालन गरेपछि शिक्षक समेत नियमित हुनेगरेको बताए । १ बर्षको अबधिमा करिब ३५ लाख बराबरको विद्यालय भवन निर्माण भईरहेको छ भने विद्यालयप्रति स्थानीय अभिभावकको चासो र उत्तरदायित्व समेत बढेको अध्यक्ष शर्माले बताए । ४६ वटा सामुदायी विद्यालय रहेको चन्द्रपुरमा धरासायी अवस्थामा पुगेको विद्यालयलाई उत्कृष्ठ विद्यालय बनाउने लक्ष्य संचालक समितिको रहेको छ ।
चन्द्रपुर नपाका शिक्षा शाखा प्रमुख कृष्ण सिग्देलले सामुदायिक विद्यालयको भौतिक र शैक्षिक सुधारका लागि गरेको कार्यले आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा उल्लेखनीय सङ्ख्यामा विद्यार्थी भर्ना हुने बताए । निजी र सामुदायिक विद्यालयबीच रहेको असमान शैक्षिक स्तरलाई सरकारले न्यूनीकरण गर्दैै यस वर्षदेखि कक्षा ८ सम्म रङ्गिन पाठ्यपुस्तक दिनुको साथै विद्यार्थी अभिलेखीकरण, नियमित अनुगमन, लगानी र निगरानी बढाएकाले सामुदायिक विद्यालयको शैक्षिक स्तरमा सकारात्मक परिवर्तन देखिएको प्रष्ट पारे ।
अङ्ग्रेजी मोहमा परेर घरबाट टाढा विद्यार्थी राख्नुपर्ने झन्झटबाट मुक्त हुन सामुदायिक विद्यालयलाई सुधार्नुको विकल्प नभएको अवस्थामा विद्यालयको गुमेको साख फिर्ता गर्न शिक्षक, जनप्रतिनिधि र राजनीतिक दलका अगुवाले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गराए सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारमा सहयोग पुग्ने धारणा वडा नम्बर ७ का अध्यक्ष विष्णुप्रसाद उप्रेतीको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles